इटहरी - रामधुनी नगरपालिको न्यायिक समितिमा न्याय माग्न आउनेहरुसँग लेखनदासहरुले मनोमानी रकम लिने गरेको पाइएको छ । न्याय माग्दै निवेदन लेख्न आउनेहरुसँग नगरपालिका बाहिर बस्ने लेखनदासहरुले मनोमानी रकम लिएको पाइएको हो ।
सामान्य ठाडो निवेदन देखि फिराद पत्र लेखेकै १ हजारदेखि ३ हजारसम्म लिने गरेको पाइएको छ । अन्यायमा परेर आएकाहरुसँग यसरी मनोमानी रकम लिदा आफुहरु झन पिडामा परेको लेखनदास पिडित बताउछन् । रामधुनी नगरपालिका ४ का रोहित कुमार सुब्बाले न्यायिक समितिलाई दिने ठाडो निवेदन लेख्न लगाउदा ९ सय रुपैया तिरेको बताए ।
शुरुमा १ हजार मागिएको थियो तर अन्तिममा १ सय घटेर लेखनदास निवेदन लेख्न तयार भएको उनले बताए । ‘भने जति पैसा नदिए निवेदन कसैले लेख्न मान्दैनन’ उनले भने ‘यो त अति भयो’ । अर्काे रामधुनी नगरपालिका ९ का सिता चौधरीले पनि आफुले एउटा फिराद पत्र लेखाएको १९ सय तिरेको बताईन ।
घरायसी विबाद लिएर नगरपालिका आएकी चौधरीलाई लेखनदासले दुई हजार पैसा मागेका थिए । पहिलो दिन पैसा नपुगेर फर्किएको बताउदै दोस्रो दिन रिण गरेर निवेदन लेख्न लगाउनको उनि बताउछिन् ।
नगरपालिका गेट नजिक बस्ने लेखनदासहरुले महंगो शुल्क लिने गरेपछि न्यायिक समितिमा निवेदन दिन आउनेहरुको संख्या घट्न थालेको छ । यता नगरपालिकाकी उपमेयर एवम न्यायिक समितिका संयोजक सबिना चौधरीले मनोमानी शुल्क लिने गरेको बिषयमा जानकारी भएको बताईन ।
धेरैले गुनासो गर्नु भएको छ, हामीले एक पटक लेखनदासहरुलाई शुल्क काम लिनु भनेर सम्झाएका पनि थियौ उनले भनिन् ।
चौधरीले न्यायिक समितिमा पर्ने निवेदनको लेखाई र ढाँचा अलग हुने भएकाले पनि लेखनदासले बढी पैसा लिएको हुनसक्ने बताईन । निवेदन लेखेको शुल्क बढी लिएको बिषयमा नगरपालिकाले अनुगमन गर्ने उपमेयर चौधरीले बताईन ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved