को बन्छ करोडपतिमा अनमोल, भुवन, राजेश र निरुताको मस्ती

  • प्रकाशित मितिः फाल्गुन १४, २०७५
  • 1196 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ - आउदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘क्याप्टेन’ को प्रचारप्रसारको क्रममा अभिनेता भुवन केसी र अनमोल केसी क्विज शो ‘को बन्छ करोडपति’ मा पुगेका छन् ।
 
अभिनेता राजेश हमालले संचालन गर्ने शो मा केसी बाउ छोरा पुगेपछि रौनकता थपिएको छ । झन्डै तिन दशकको फिल्मी इतिहासमा राजेश र भुवनले चोर सिपाही र राजु राजा राम नामक दुइ फिल्ममा मात्र काम गरेका छन् । झन्डै दशकपछी दर्शकले भुवन र राजेशलाई एकै मंचमा देख्ने छन् भने साथमा पछिल्लो समयका युवास्टार अनमोल केसी पनि हुनेछन् ।
 
‘उहाँहरु शो मा आउँनु हुदा निकै रमाइलो भयो , दर्शकका लागि यो एपिसोड खास हुनेछ’ अभिनेता तथा शो का होस्ट हमालले सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै भने ‘म र भुवनजीको बीचमा कहिले प्रतिस्पर्धा थिएन , हामी आफ्नो किसिमले काम गरिरहेका थियौ ।’ शो मा भुवन र अनमोलसँगै नीरुता सिंहसँगै क्याप्टेन डेब्यु गर्ल्स उपासना सिंह ठकुरी र प्रियंका एमभी पनि देखिनेछिन् तर उनि क्विजमा भने सहभागी हुनेछैनन् ।
 
क्विज खेलिसकेपछी अनमोलले आफुलाई भाग्यमानी ठाने । ‘म फिल्मनगरीका दुइ जना पिल्लरसँग स्टेज शेयर गर्न पाए , यो भन्दा खुसि मेरा लागि के हुनसक्छ र’ अनमोलले भने ‘हामीले त केवल ति पिल्लरका जलप हौ , सुपरस्टार त उहाँहरु हुनुहुन्छ ।’
 
अनमोलले आफुहरुले कति रकम जितेको तथ्य भने आउँदो शो मा खुल्ने बताए । भुवनले पनि आफु राजेश हमालसँग स्क्रिन शेयर गर्न पाउदा निकै खुसि लागेको बताए ।
 
‘मलाइ राजेशजीसँग देखिन पाउदा निकै खुसि लाग्छ किनकी हामीले दुखका दिन सँगै बिताएका छौ र हामी फिल्मनगरीमै छौ’ उनले भने ‘यो शो मा आउदा निकै खुसि लग्यो दर्शकले यो एपिसोडमा भरपुर इन्जोय गर्नुहुन्छ ।’ सोमबार खिचिएको ‘को बन्छ करोडपति’ शो नेक्स्ट एपिसोडको रुपमा एपीवान टेलिभिजनबाट प्रशारण हुनेछ ।
 
                     हेर्नुस भिडियो

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved