इटहरी - सुनसरीको इटहरीमा पचरुखी युवा क्लबको आयोजनामा प्रदेश स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ। इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी क्लबले फागुन १६ गतेदेखि फुटबल आयोजना गर्ने जानकारी दिएको हो।
स्वास्थ्यका लागी खेलकुद भन्ने नाराका साथ ४० बर्ष माथि उमेरका व्यक्ति खेलमा सहभागी हुन सक्नेछन्।
जनता माबिको खेल मैदानमा हुने प्रतियोगितामा १० टिम सहभागी हुनेछ। नेपाल आईस बियरको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा धरान भेट्रान क्लब सुनसरी, बिर्तामोड भेट्रान क्लब, दमक भेट्रान क्लब, आयोजक रातो, सियमजि भेट्रान क्लब बिराटनगर, एभ्रेष्ट भेट्रान क्लब मोरङ, टिडव्लुवाईसी भेट्रान क्लब बिराटनगर, आयोजक हरियो, राजघाट भेट्रान क्लब मोरङ, धनकुटा भेट्रान क्लब टिम सहभागी हुनेछन्।
प्रतियोगीतामा बिजयी हुने टिमलाई १ लाख १ हजार नगद र सिल्ड र दोस्रो टिमलाई ५१ हजार नगद र सिल्ड राखिएको क्लबका अध्यक्ष पीताम्बर पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved