आर्थिक अनियमितता विरुद्ध अख्तियार कार्यालय इटहरीमा विवेकशील साझाको धर्ना

  • प्रकाशित मितिः फाल्गुन १४, २०७५
  • 1565 पटक पढिएको
  • समय अनलाइन

इटहरी - विवेकशिल साझा पार्टीले भ्रष्टाचार बढेको, ठुला आर्थिक अनियमितता हुँदा पनि सम्बन्धित पक्ष मौन बसेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा ज्ञापन पत्र बुझाएको छ ।

ठुला माछा समाउ अभियानको व्यारन सहित प्लेकार्ड बोकेर अख्तियारको क्षेत्रीय कार्यलय इटहरी पुगेका विवेकशिल साझा पाटीका कार्यकर्ताले ज्ञापन पत्र बुझाएका हुन । अख्तियारका उपसचिव राजेन्द्र भटट्राईले कार्यलयको गेटमै पुगेर ज्ञापन पत्र बुझेका थिए ।

विवेकशीलका प्रदेश संयोजक अनिल भेटवालले कार्यलय प्रमुखलाई कार्यकक्षमै पुगेर ज्ञापन पत्र बुझाउन नदिएको भन्दै खेद प्रकट गरेका थिए । भ्रष्टाचारले आक्रान्त भएको देशमा भष्ट्राचार विरुद्ध सचेतना जगाउन देशैभर ज्ञापन पत्र बुझाउन आएको प्रदेश संयोजक भेटवालले जानकारी दिए ।

वाईडबडि जहाज प्रकरण,३३ किलो सुन तस्करी प्रकरण,एनसेल लाभकर काण्ड,आयल निगमको जग्गा खरिद प्रकृया, स्विक बैंकमा सञ्चित धन जस्ता ठुला आर्थिक अनियमितता बढेको भन्दै निश्पक्ष छानविन गर्न साझा पाटीले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

स्वयंम अख्तियारका एक आयुक्त पनि भष्ट्राचारमा मुछिएको भन्दै आयोगले अनियमितताका घटनाको आग्रह तथा पूर्वग्राह विना सुशासन प्रतिको आफ्नो नैतिक जिम्मेवारी पुरा गर्दै दोषीलाई कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved