हेलिकप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित सात जनाकाे निधन (अपडेट)

  • प्रकाशित मितिः फाल्गुन १५, २०७५
  • 766 पटक पढिएको
  • समय अनलाइन

ताप्लेजुङ - ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सबैको निधन भएको छ।

ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–१०, को तारेभिरमा हेलिकोप्टर दुर्घटना भएको हो।

हेलिकप्टरमा पर्यटनमन्त्री अधिकारीसहित प्रधानमन्त्रीका स्वकीय सचिव युवराज दाहाल, यति एअरलाइन्सका प्रमुख आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्राधिकरणका विरेन्द्र भोचिभैया, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन कुमार घिमिरे र क्याप्टेन प्रभाकर केसी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपालिकाको सीमा क्षेत्रमा पर्छ। स्थानीय नागरिक घटनास्थलमा पुगिसकेको भएपनि जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीको टोली पुग्दै छ।

दुर्घटनास्थलमा पुगेका रतन कार्कीले हेलिकप्टरको दुईवटा पङ्खा मात्र बाँकी रहेको र अन्य भाग जलेर नष्ट भएको बताउनुभयो। उहाँले अहिले मानिसका शवहरु बलिरहेको र हेलिकप्टरको अन्य भाग जलेको उज्यालो अनलाइनले समाचार लेखेको छ।

पाथीभरा फेदीदेखि १ घण्टा ३० मिनेटको समयमा पुगिने पाथीभराको उत्तरपट्टिको मोहोडामा पर्ने भिरमा पाथीभरा देवीको मन्दिरदेखि हेलिकप्टर उडेको ३ मिनेटमा ठूलो आवाज आएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved