हेलिकप्टर दुर्घटना : सबै शवको पोस्टमर्टम र परीक्षण आजै नसकिने

  • प्रकाशित मितिः फाल्गुन १६, २०७५
  • 763 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डौ – एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको छ ।   

पोस्टमर्टमका लागि डा.रामप्रसाद उप्रेतीलगायत सात जनाको टोली खटेको अस्पतालले जनाएको छ । एउटा शवको पोस्टमर्टमका लागि कम्तीमा एक घण्टा लाग्छ।

पोस्टमर्टम सँगसँगै कतिपय शव नचिनिने अवस्थामा रहेकाले डीएनए परीक्षणमार्फत पनि छुट्याउनु पर्ने भएकाले त्यसका लागि थप समय लाग्ने अस्पतालले जनाएको छ। त्यसैले आजै पोस्टमर्टमको रिपोर्ट दिएर शव निकाल्ने अवस्था नरहेको हुँदा रातभर परीक्षण गरेर भोलि बिहान मात्रै शव दिन सकिने सम्भावना छ।  

नेपाल कम्युनिष्ट पार्टी नेकपाले आजै मन्त्री अधिकारीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्चमा राख्ने भनेकाले पहिला उहाँकै पोस्टमर्टम गरिने पनि डा.उपे्रतीले बताउनुभयो। बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङमा एयर डानेस्टीको हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियाे ।

दुर्घटनामा परि हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर ध्रुवदास भोछिभोया, मन्त्री अधिकारीका पीएसओ अर्जुनकुमार घिमिरे र  क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved