इटहरीमा प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगीता हुने

  • प्रकाशित मितिः फाल्गुन 16, 2075
  • 73 पटक पढिएको
  • समय अनलाइन

इटहरी । इटहरीमा प्रदेश नं.१ स्तरिय तेक्वान्दो प्रतियोगीता २०७५ हुने भएको छ । पाथिभरा तेक्वान्दो डोजङको आयोजनामा यही फाल्गुन १७ र १८ गते इटहरी–५ स्थीत बेबिलोन स्कुलको प्राङगणमा उक्त प्रतियोगीता हुन लागेको हो । 

प्रतियोगीतामा ताप्लेजुङ, इलाम, मोरङ, सुनसरी, झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, धनकुटा र बिभागीय टिम आर्मी स्कुल धरान, पूर्वी पृतना तेक्वान्दो गरी जम्मा ११ टिमको सहभागी रहने आयोजकले जनाएको छ । 

प्रतियोगीतामा पुरुष तर्फ २२ केजी तौल देखि ८० केजीसम्मकाले भाग लिने पाउने छन् भने महिला तर्फ ३३ केजी देखि ५६ केजीसम्मले भाग लिने पाउने जनाइएको छ । उक्त प्रतियोगीता नेपाल तेक्वान्दो संघको नियम अनुसार रहने कार्यक्रममा संयोजक देशबन्धु कार्कीले जानकारी दिए । कार्कीका अनुसार प्रतियोगीतामा जम्मा १७ वटा तौल समूह रहने छ ।

प्रतियोगीतामा प्रत्येक तौल समूहमा प्रथम, दास्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई मेडल तथा प्रमाण पत्र वितरण गरिने छ । सहभागी टिम प्रथम, दोस्रो र तेस्रोलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिने छ यस्तै, परुष तर्फ र महिला तर्फ एक–एक जनालाई प्रमाणपत्र तथा ट्रफीसहित नगद पुरस्कार वितरण गरिने कार्कीले बताए ।

 

भिडियो सहित

 

प्रतिक्रिया दिनुहोस


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

सम्पर्क नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

इमेल: samayaaaweekly@gmail.com / jivanphuyal9@gmail.com / samayaonline.com@gmail.com

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

N/A

फोटो पत्रकार

नविन बस्नेत

लेखक

विरेन्द्र कार्की

प्रबन्ध निर्देशक

जीवन फुयाल

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

सल्लहकार

आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2019 - Samayaonline.com All rights reserved