विराटनगर - १ नम्बर प्रदेश प्रहरी तालीम केन्द्र, रानीमा प्रहरी जवान आधारभुत तालिम १३६ औं समूहको शुक्रबार दिक्षान्त समारोह सम्पन्न भएको छ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालको प्रमुख आतिथ्यतामा प्रहरी जवान आधारभूत तालीम १३६ औं समूहको दिक्षान्त समारोह सम्पन्न भएको हो।
जेष्ठ २६ गते देखि फाल्गुन १६ गते सम्म संचालन भएको प्रहरी जवान आधारभूत तालिममा १३५ जना प्रशिक्षार्थी प्रहरी जवान दिक्षित भएका हुन्। कार्यक्रममा तालिम अवधि भर लिईएको चरणगत परिक्षाको प्राप्ताङका आधारमा विभिन्न १० विधामा उत्कृष्ट भएका प्रशिक्षार्थीहरु लगायत प्रशिक्षणमा संलग्न उत्कृष्ठ ३ जना प्रशिक्षकहरुलाई कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख केदार रिजालले प्रमाणपत्र तथा नगद पुरस्कारद्वारा पुरस्कृत गर्नु भएको थियो।
सो समारोहमा बरिष्ठ प्रहरी अधिकृतहरु, प्रदेश स्तरीय अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, उद्योगी ब्यवसायिहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, दिक्षित भएका प्रशिक्षार्थी प्रहरी जवानहरुका परिवारजनहरु, पत्रकारहरु, जुनियर प्रहरी अधिकृत तथा प्रहरी जवानहरु गरी करिव ५०० जना भन्दा बढिको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved