इटहरी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विगतमा भएका त्रुटी तथा कमी कम्जोरीहरुबाट पाठ सिकेर धर्म निपेक्षत, संघियता र राजसंस्थाका विषयमा पुर्न. बिचार गर्नु पर्ने अवस्था आएको बताएका छन ।
पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत तेस्रो दिन सुनसरीको इटहरी आइपुगेका अध्यक्ष थापाले धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य कायम गर्दै राजसंस्थाको स्थापनाका लागि जनदवाव सृर्जना गर्न राष्ट्यि स्वाभियान यात्रा सुरु गरेको बताएका हुन ।
मेची महाकली राष्ट्यि स्वाभिमान यात्राकै क्रममा इटहरीमा पत्रकारहरुसंग कुराकानी गर्दै पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका थापाले मुलुकमा लोकतन्त्रको आवरणमा लुटतन्त्र चलाइरहेको आरोप समेत लगाए ।
उनले मुलुकका विभिन्न ठाउँमा एकै साथ भएको बम काण्ढलाई संकेत गर्दै नयाँ ढगंले माओवादी विद्रोहको झल्को आउन थालिरहेको समेत बताए ।
तिनदिन अघि ताप्लेजुङवाट शुरु भएको स्वाभिमान यात्रा पाँचथार, इलाम तथा झापा हुदै विराटनगर हुदै तेस्रो दिन इटहरी आइपुगेको हो । राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा फागुन ३० गते काठमाण्डौ पुगेर यात्रा समापन गरिने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved