इटहरी, १७ फागुन । सुनसरीको इटहरीमा रहेको बिश्व आर्दश स्कुलले आफ्नो २१ औं वार्षीक उत्सवको अवसरपारि सञ्चारकर्मी याम प्रधान लगायत दुई सञ्चालकलाई सम्मान गरेको छ ।
लामो समय देखि सञ्चार क्षेत्रमा आवद्ध रहेर सामाजिक कृयाकलापमा सकारात्मक भुमिका निर्वाह गरेको भन्दै प्रधानलाई नगद रु. पन्ध्र हजारसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसै गरि स्कुल सञ्चालक डा.गणेस श्रेष्ठ र डा.रमेश घिमिरेलाई विश्वविद्यालय द्वारा प्रदान गरिएको उच्च शैक्षणिक डिग्री (पिएचडी ) अर्थात डाक्टरको उपाधि प्राप्त गर्नु भएकोमा स्कुलले सम्मान गरेको हो ।
सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ का सभामुख प्रदिप भण्डारीले सम्मान गर्नु भएको थियो उक्त बार्षिक उत्सवको अवसरमा बिद्यार्थीले आफु भित्र रहेको प्रतिभा प्रस्तुत गरेका थिए । बिद्यालयमा पठन पाठन सँगै अतिरिक्त क्रियाकलाप पनि हुने गरेको छ । बर्ष भरि गराईने अतिरिक्त क्रियाकलापहरुमा योग ,ध्यान, संगीत,खेलकुद,लगायतका बिषय रहेका छन सोही बिषयमा केन्द्रित रहेर बिद्यार्थीले आफ्नो प्रस्तुती दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved