संखुवासभा/ संखुवासभाको धर्मदेवी नगरपालिका २ मा भरुवा बन्दुकबाट एकको मृत्यु भएको छ । नगरपालिका २ तेल्लोक स्थित पाथिभरा सामुदायिक वनमा चिरन्जीबी अधिकारी, योगेन्द्र पौडेल र चन्द्रसुन्दर अधिकारी सिकार खेल्न गएका थिए । सिकार खेल्ने क्रममा चिरन्जीबी अधिकारीले मृग भनेर हान्दा ३१ वर्षिय योगेन्द्र पौडेलको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved