जनता क्याम्पसमा भुकम्प गएर आगलागी भएपछि..

  • प्रकाशित मितिः फाल्गुन २२, २०७५
  • 1147 पटक पढिएको
  • समय अनलाइन

विहान ९ बजेको थियो । एक्कासी भुकम्प गयो । नजिकै रहेका विद्यार्थी तथा अन्य दर्शकहरु तितरवितर भए । केहीबेरमै एउटा घर भत्कियो र त्यहाँ रहेका मानिसहरु घाईते भए । त्यसको केही क्षणमै शशस्त्र प्रहरी बलको उद्धार कर्ता टोली र घाईतेलाई अस्पताल लैजानका लागि एम्बुलेन्स आए । शशस्त्र प्रहरी बलले तीन तला माथीबाट स्टेचरको सहायतामा घाईतेहरुलाई एम्बुलेन्समा हालेर अस्पताल पठाईरहेका थिए । यो दृष्य बुधबार इटहरीको जनता क्याम्पसमा देखाईरहँदा विद्यार्थीहरु एकआपसमा कानेखुशी गरिरहेका थिए । युवा रेडक्रस सर्कलको आयोजनामा भएको विपद् ब्यबस्थापन सम्बन्धि पूर्व तयारी कार्यक्रममा यो दृष्यले सबैको ध्यान तान्यो । त्यसको केहीबेरमै एउटा घरमा आगलागी भयो । घरमा आगलागी भएपछि घरका मानिसहरु कहालिदैँ भित्र जान खोजिरहेका थिए । छेउमा लागेको भीडलाई नियन्त्रण लिनका लागि अन्य मानिसहरुलाई सकस परिरहेको थियो । कुनै पनि ठाउँमा आगलागी भएपछि त्यहाँ नजिकै भीड गर्न नहुने र घरभित्र पस्न नहुने सन्देश उक्त दृष्यमा देखाईएको थियो । उक्त आगलागी बारुणयन्त्रको माध्यमबाट नेपाली सेना सहित अन्य सहयोगीहरुले नियन्त्रणमा लिए । ‘हामीलाई जुनै बेला पनि विपद् आइपर्न सक्छ, त्यसैले यसको पूर्व तयारीका लागि सन्देशमूलक र जनचेतनामूलक दृष्य प्रस्तूत गरेका हौँ,’ युवा रेडक्रस सर्कल जनता बहुमुखी क्याम्पसका सभापति सहदेव काफ्लेले भने, ‘रेडक्रसले जहिल्यै पनि सेवाको भावना लिएर काम गर्दै आएको छ, त्यसैले हाम्रो गाउँ र नगरमा पर्ने विपत्लाई निर्मूलिकरण पार्नका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ ।’ सुरक्षीत जीवन यापन गर्नु आवश्यक रहेकाले उक्त दृष्य देखाइएको काफ्लेले बताए । कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जोखिमपूर्ण कामको लागि नेपाली सेना र शशस्त्र प्रहरी बल एपिएफले विशिष्ट स्थान हाँसिल गरेको भन्दै प्रसंसा गरे । उनले भने, ‘युवाहरुले यस्तो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नु सराहनीय रहेको छ, स्थापित र कुशल नेतृत्वकर्ताका लागि शुभकामना ।’ मन्त्री कार्कीले अहिले मुलुकमा सवारी दुर्घटनाबाट धेरै मानवीय क्षती भइरहेको उल्लेख गर्दै यसको न्यूनिकरणका लागि प्रदेश सरकारले काम गरिरहेको बताए । देशमा जुनसुकै बेला पनि विपद् पर्न सक्ने बताउँदै उनले यसबाट सचेत रहन समेत आग्रह गरे । कार्यक्रममा प्रदेश सांसद लिलम बस्नेत, इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी, प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती, जनता बहुमुखी क्याम्पस भोजराज श्रेष्ठ, रेडक्रस जिल्ला, तथा विभिन्न शाखाका आमन्त्रित अतिथि लगायतको उपस्थििति रहेको थियो । उनीहरुले युवाको नेतृत्वमा महत्वपूर्ण र विशिष्ट कार्यक्रमको आयोजना गरेको भन्दै प्रसंसा गरेका थिए । कार्यक्रमको सञ्चालन क्याम्पसकी प्रध्यापक कृष्णकला राई र युवा रेडक्रस सर्कल जनता क्याम्पसका सचिव चन्द्र किराँतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved