प्रदर्शन मिति नजिकिदै गर्दा अनुप र माला सहित 'पुरानो बुलेट' टिम इटहरीमा  (भिडियो सहित)

  • प्रकाशित मितिः फाल्गुन २३, २०७५
  • 1551 पटक पढिएको
  • समय अनलाइन

इटहरी - चैत्र १ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'पुरानो बुलेट'को टिमले ईटहरिमा प्रेस भेटघाट सम्पन्न गरेको छ। भेटघाटमा फिल्मका नायक अनुप बिक्रम शाही, नायिका माला लिम्बु, निर्देशक भिषण राई र कार्यकारी निर्माता सन्तोष राई उपस्थित थिए । यो फिल्मबाट आफुहरुले निक्कै आश राखेको नायक अनुप र नायिका मालाले बताए ।
 
फिल्म युनिटले ‘पुरानो बुलेट’को वर्ल्ड प्रिमियर हङकङमा सम्पन्न गरिसकेको छ भने गरिब तथा असहाय विद्यार्थीहरुको सहयोगार्थ भन्दै मोरङ्गको पथरीमा पनि भर्खरै च्यारिटी शो सम्पन्न गरेको छ । क्रेजी इन्टरटेनमेन्ट प्रा.लि.को व्यानरमा पथरीका ५ जना युवाहरु मिलेर पुरानो बुलेटलाई निर्माण गरेका हुन् ।
 
फिल्ममा अनुप र मालाको अलावा वर्षा सिवाकोटी, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राईलगायत कलाकारहरुको अभिनय रहेको छ । 
 
फिल्मको कथा पटकथा लेखनमा निर्देशक भीषण राईले कार्यकारी निर्माता सन्तोष राईसँग साझेदारी गरेका छन् । अशोक कुमार राई, टिकाराम राई, विरेन साम्बा र दिपेन लिम्बु निर्मातामा रहेका छन् । यो फिल्म सञ्चारकर्मी भीषण राईको डेब्यू निर्देशन फिल्म हो ।
 
पुर्वेली जनजीवनलाई केन्द्रित गरेर पुरानो बुलेटलाई निर्माण गरिएको निर्देशक भिषणले बताए । फिल्मका कार्यकारी निर्माता सन्तोष राईले फिल्म हेरिदिन आग्रह गर्दै फिल्मले मन जित्ने कुरामा विश्वत रहेको बताए ।
 
                   हेर्नुस भिडियो 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved