सिके राउत र सरकारबीच ११ बुँदे सहमति

  • प्रकाशित मितिः फाल्गुन २४, २०७५
  • 1105 पटक पढिएको
  • समय अनलाइन

काठमाण्डौ - नेपाल सरकार र सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच मधेस र देशमा देखिएको मतभेदको समाधान जन अभिमतमा आधारित लोकतान्त्रिक विधिमार्फत समाधान गर्ने ११ बुँदे सहमति भएको छ। 

राष्ट्रियसभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सिके राउतले ११ बुदे सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो।  

मधेशमा पृथकतावादी गतिविधि सञ्चालन गरिरहेका सीके राउतले अखण्ड नेपाल स्वीकार गरेपछि सहमतिपत्रमा हस्ताक्षर हुन पुगेको हो। स्वतन्त्र मधेस गठबन्धनका नेता कार्यकर्तामाथि लगाइएको मुद्धाहरु फिर्ता लिने र पक्राउ परेकाहरुलाई निशर्त रिहा गरिने सहमति भएको छ। 

यस्तै गठबन्धनले स्वतन्त्र तराईको माग गर्दै किताब, पर्चा, पम्प्लेट, झण्डा, गीत जस्ता बस्तुहरु कुनै पनि प्रकाशन प्रशारण नगर्ने, त्यही किताब, पर्चा पम्प्लेटको विषयलाई लिएर गठबन्धनका कार्यकर्तालाई धरपकड गर्न नपाउने उल्लेख छ।  

गएको भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु भएका आफ्ना कार्यकर्ता राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी दिने र आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार सरकारले ब्यहोर्ने सहमति भएको छ। 

स्वतन्त्र मधेस गठबन्धनलाई अबदेखि लोकतान्त्रिक राजनीतिक दलको रुपमा हेर्ने पनि सहमति भएको छ। 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved