सुनसरी - सुनसरीको कोशी गाउँपालिका ३ मा आइतवार अर्नाले हानेर ३५ बर्षीय प्रदिप उराव घाइते भएका छन्।
विहान साढे १० बजे वारीमा तोरी उखेल्ने क्रममा उरावलाई कोशीटप्पु बन्यजन्तु आरक्षणबाट निस्किएको अर्नाले हानेको थियो।
अर्नाले हानेर घाइते उरावको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved