साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता : नेपालको विजयी सुरुवात, भुटान ३-० ले पराजित

  • प्रकाशित मितिः फाल्गुन २८, २०७५
  • 1039 पटक पढिएको
  • समय अनलाइन

विराटनगर - पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटान माथि नेपालले सहज जित निकालेको छ।

खेलको १३औं मिनेटमा मन्जलीकुमारी योञ्जनले नेपालका लागि गोल गर्दै खेललाई अघि बढाएकी थिइन्। योञ्जनले पेनाल्टी बक्सको बायाँ भागबाट गरेको प्रहारले जाली चुमेको थियो।

यसैगरी खेलको १६औँ मिनेटमा नै डी बक्सको मध्यभागबाट सावित्रा भण्डारीले एकल प्रयासमा विपक्षीको कमजोर डिफेन्सको फाइदा उठाउँदै नेपालका लागि दोस्रो गोल गरिन्। यससँगै सावित्राले २३औं अन्तर्राष्ट्रिय गोल पूरा गर्न सफल भएकी छिन।

सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा राम्रो अवसर गुमाइन्। उनले वान भर्सेस् वानको अवस्थामा पनि गोल गर्न चुकिन्।

नेपालका लागि ५५औं मिनेटमा सावित्रा भण्डारीले हेडर मार्फत गोलपोस्ट नजिकै दिएको पासमा कप्तान नीरु थापाले सजिलो गोल गर्दै नेपालको अग्रता ३-० मा पुर्याइन् तर लगत्तै ५ यार्ड नजिकै पाएको हेडरलाई नीरुले गोलपोस्टको दिशा दिन नसक्दा नेपालले अर्को गोल गर्ने मौका गुमाएको थियो।

६८औं मिनेटमा सावित्रा भण्डारीले डी बक्सको बाहिरबाट गरेको प्रहारलाई भुटानकी गोल रक्षकले सुन्दर बचाउ गरेकी थिन्।

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले भुटानलाई ३-० ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved