‘सरकारले वार्ता गरेर समाधान खोज्नुपर्छ’

  • प्रकाशित मितिः चैत्र १, २०७५
  • 1102 पटक पढिएको
  • समय अनलाइन

विराटनगर - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपासँग सरकारले वार्ता गरेर समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । 

नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको १२औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले विगतमा मुलुकले हत्या र हिंसाबाट धेरै जनधनको क्षति व्यहोरेकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

उहाँले राष्ट्रिय विखण्डनको धार बोकेको सिके राउतसँग गरेको सम्झौताअनुसार राष्ट्र विखण्डनको नारा त्याग गरेको कुरा सार्वजनिक रुपमा आउनुपर्ने भन्दै न्यायालय र सरकारबीचको तालमेल मिल्नुपर्ने बताउनुभयो ।

 मुलुकमा अराजकता बढ्न नदिन र विदेशी लगानी भित्र्याउन सरकारले भरपूर प्रयास गर्नुपर्ने उल्लेख गर्दै नेता कोइरालाले मुलुकमा बेथिति बढ्न नदिन सरकारलाई गम्भीर बन्न आग्रह गर्नुभयो । शनिबारसम्म चल्ने अधिवेशनमा २३५ प्रतिनिधिको सहभागिता छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved