जहाँ संसारकै लोपोन्मुख माछा पाइन्छ

  • प्रकाशित मितिः चैत्र १, २०७५
  • 1125 पटक पढिएको
  • समय अनलाइन

खोटाङ - चारैतिर वनजङ्गल बीचमा एकनासले अचल भएर बसेको छ, विशाल पोखरी। जसको मुहान र निकास केही देखिन्न। चारैतिर पहाडै पहाडको बीच भागमा रहेको समथर जमीनमा अवस्थित पोखरीको आयतन बाह्रै महीना एउटै देखिन्छ। जहाँ संसारकै लोपोन्मुख रातो माछा पाइने गरिन्छ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारदेखि १६ कोष दक्षिणमा पर्ने यो तालको नाम हो ‘बराहपोखरी’। यसलाई सौन्दर्यकी खानीभन्दा फरक पर्दैन। यो पोखरीले झण्डै पाँच किलोमिटर क्षेत्रफल ओगटेको छ। ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ भएको यो पोखरीमा हरेक वर्षको हरिबोधनी एकादशीको दिन ठूलो मेला लाग्ने गर्छ।

परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर मगर बस्तीका १२ घर डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ।

बराहपोखरी पुग्न दिक्तेलबजारदेखि पैदल यात्रा गर्दा दुई दिन लाग्छ। दिक्तेल, टेम्मा, चुइचुम्मा बोफ्लु, छितापोखरी, चिप्रिङ, इन्द्रेयणीपोखरी, खोटाङबजार हुँदै सावाखोला तरेपछि करिब तीन घण्टामा बराहपोखरी पुगिन्छ। उदयपुरबाट खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित बुवाँजोरघाट, कुलाबाध हुँदै बराहपोखरी पुगिन्छ। भोजपुरबाट पाँचधारे हुँदै चिसापानी छिचोलेपछि त्यहाँ पुगिन्छ।

बराहपोखरीस्थित स्थानीय शैलीका होटलहरु प्रशस्त रहेकाले त्यहाँ बास बस्नका लागि कुनै समस्या छैन। बराहपोखरी आसपासका होटलमा खानाबाहेक सेलरोटी, सिबलतरुल, घरतरुल लगायतका परिकारहरू प्रशस्तै पाइन्छन्। बराहपोखरीको दक्षिणपट्टि अवस्थित बराहमाई र शङ्खेश्वरको पूजाआराधना गरे चिताएको कुरा पूरा हुने जनविश्वास रहिआएको छ। जीवनमा शान्ति मिलोस् भनी मन्दिर जोडी परेवा उडाउनाका साथै शुद्धताका लागि पोखरीमा नुहाएर पूजाआराधना गर्ने चलन छ।

बाह्रै महीना हरियो देखिने यस पोखरीमा नुहाए मोक्ष पाउने पनि जनविश्वास छ। विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले यहाँ आएर पूजापाठ गरे सन्तान पाइने जनविश्वास छ। हरिबोधनी एकादशीका अवसरमा लाग्ने यहाँको मेलामा विशेषगरी धामीझाँक्रीको भीड लाग्ने गर्छ। सो पोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन शत्बीज छर्ने प्रचलन पनि रहेको छ।

प्राकृतिक रुपमा सुन्दर तथा धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ। पूजाआजा र अवलोकन भ्रमण गर्नेको आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या अहिले दैनिक ३०० को हाराहारीमा रहेको स्थानीयवासीको भनाइ छ।

बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर अहिले तीन वटा डुङ्गा सञ्चालन गरिएको छ। डुङ्गा सयर गर्ने पर्यटकबाट सङ्कलित रकम पोखरी व्यवस्थापनका लागि खर्च गरिदैं आएको पोखरी व्यवस्थापन समितिले जनाएको छ।

यो पोखरीलाई नेपाल सरकारले देशको १०० वटा पर्यटन गन्तव्यमध्ये एउटा गन्तव्य क्षेत्रका रुपमा घोषणा गरिसकेको छ। यसको चौतर्फी विकासका लागि सरकारले गरेको यो निर्णय जिल्लाको पर्यटन विकासका लागि कोशेढुङ्गा साबित हुने विश्वास प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको छ।

यसअघि आव २०७३÷७४ मा बराहपोखरीको विकासका लागि प्रतिनिधिसभा सदस्य भट्टराईको संसदीय विकास कोषबाट रु ६० लाख बजेट विनियोजन गरिएको थियो। सो बजेटबाट पोखरीमा अवस्थित बराहमाई र शङ्खेश्वर मन्दिर पुनःनिर्माण गर्नाका साथै डुङ्गा खरीद गरेर सञ्चालनमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved