आसरा सुधार केन्द्र धरान शाखाको समुद्घाटन

  • प्रकाशित मितिः चैत २, २०७५
  • 1882 पटक पढिएको
  • समय अनलाइन

सुनसरी - लागुऔषध तथा मद्यपानको कुलतबाट जोखिममा पर्न सक्ने युवाबर्गहरुलाई उपचार, परामर्श तथा पुनर्स्थापना मार्फत पुनर्जीवन प्रदान गर्ने उदेश्यले सुनसरीको धरानमा आसरा सुधार केन्द्रको निर्माण भई समुद्घाटन भएको छ। सो भवनको शुक्रबार एक बिशेष समारोहका विच नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शिलालेख अनावरण तथा रिवन काटेर बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो।

आसरा सुधार केन्द्र रानीवारी काठमाडौँ शाखाको रुपमा धरान उपमहानगरपालिका६ पानवारीमा स्थापना भई समुद्घाटन भएको सो भवन आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती प्रमिला खनाललाई शुक्रबारै हस्तान्तरण समेत गरिएको छ। २ करोड ३७ लाखको लागतमा निर्माण सम्पन्न भएको ३ तले भवनमा अवास कक्ष, बैठक कक्ष, कार्यालय कक्षहरु, जीम, योग तथा कक्षा सञ्चालन हल, पुस्तकालय, परामर्श कक्ष, उपचार कक्ष, कार्यक्रम हल, किचन डाइनिङ हल, टिभी रुम, शौचालय रबाथरुम उपलब्ध छन्।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, आसरा सुधार केन्द्रकी अध्यक्ष प्रमिला खनाल, आसरा सुधार केन्द्रका संरक्षक तथा १ नम्बर प्रदेश प्रहरी प्रमुख केदार रिजाल र आसरा सुधार केन्द्र भवन निर्माण समितिका अध्यक्ष मनोज कुमार मेन्याङवोले संयुक्त रुपमा आसरा स्मारीकाको बिमोचन गर्नु भएको थियो। कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भवन निर्माणको लागि निःशुल्क जग्गा दान गर्नुहुने जग्गादातालाई अभिनन्दन गर्नुहुँदै भवन निर्माणमा सहयोग गर्नु हुने महानुभावहरुलाई दोसल्ला ओढाई कदरपत्रले सम्मान गर्नुभएको थियो।

कार्यक्रममा उहाँले युवाशक्ति दुर्व्यसनमा फसेर जीवन बर्बाद गरिरहेकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको रोकथामका लागि प्रहरी लागिपरेको बताउनु भयो। महानिरीक्षक खनालले लागुऔषध दुर्व्यसनीले एउटा घरलाई मात्रै नभई समाज र देशलाई नै समस्या निम्त्याईरहेको अवस्थामा दुर्व्यसनीमा फसेका युवाहरुलाई उचित परामर्श तथा उपचार गरी लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनर्स्थापना गर्न सकिने बताउनु भयो। कार्यक्रममा आसरा सुधार केन्द्र रानीवारीकी अध्यक्ष खनालले धरानमा आसरा सुधार केन्द्रको शाखाको रुपमा कार्यालय स्थापना गरी सेवा प्रदान गर्न सकिएकोमा खुशी ब्यक्त गर्दै यस केन्द्रको दुर्ब्यसनीमा फसेका युवा बर्गको मनोवल र आत्मवल अभिबृद्धि गरी लागुपदार्थ प्रति बितृष्णा गराउन महत्वपुर्ण भुमिका रहने बताउनु भयो। कार्यक्रममा १ नम्बर प्रदेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष राजेन्द्र राउत तथा धरान उपमहानगरपालिकाकी कार्यवाहक नगर प्रमुख मन्जु भन्डारीले शुभकामना मन्तब्य राख्नु भएको थियो।

सो कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा आसरा सुधार केन्द्र धरानका संरक्षक केदार रिजालले भवन निर्माणमा सहयोग पुर्‍याउनुहुने सम्पुर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद तथा भवन निर्माण समितिको मुक्त कण्ठले प्रशंसा गर्नु हुँदै अब यस केन्द्रको लागुऔषधको प्रयोग गरी त्यसैको परनिर्भरता बढ्न गई मानसिक र अन्य जोखिममा परेका युवाबर्गलाई उचित परामर्श तथा उपचार गरी पुनर्स्थापना मार्फत समाजको एक प्रतिष्ठित नागरिकको रुपमा पुनर्स्थापना गर्ने जिममेवारी रहेको बताउनु भयो।

कार्यक्रममा बिशिष्ट सुरक्षा अधिकरीहरु, प्रमुख जिल्ला अधिकारी, भवन निर्माण समितिका पदाधिकारीहरु, स्थानीयवासी, समाजसेवी, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार लगायत करिव ७०० जनाको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved