विप्लव समूहलाई प्रतिबन्धमात्र होइन अब नियन्त्रण पनि : प्रधानमन्त्री ओली

  • प्रकाशित मितिः चैत्र ३, २०७५
  • 1565 पटक पढिएको
  • समय अनलाइन

विराटनगर – प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताउनुभएको छ । 

कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताउनुभएको हो  । 

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा उद्योगीलाई समेत धम्क्याउने काम भएकोले लोकतान्त्रिक मूल्य र मान्यतामा चल्ने व्यक्तिहरुले जनतालाई आतंकित पार्न नहुने बताउनुभयो।

‘सरकार यो विषयमा गम्भीर छ, कुनै ठट्टा गरेको छैन, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विध्वंस, लुटपाट, आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध मात्र हैन नियन्त्रण गर्छ ।’ उहाँले अंतकित गर्ने गतिविधिमा संलग्न रहेको समूहलाई प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो ।

वार्ता समिति बनाएर पटक–पटक वार्ताको लागि आव्हान गर्दासमेत वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समूहको माग नै को हो भन्ने बारेमा उ आफैँ अन्यौलमा रहेको बताउनुभयो ।  अहिलेको गतिविधि अनुचित र असंवैधानिक रहेको ओलीको आरोप छ ।

उहाँले सिके राउतसँग भएको सहमतिको विषयलाई भने राज्य विखण्डन विरोध गतिविधि अन्त्य भएको बताउनुभयो । उहााँले भन्नुभयो, सिके राउतसँग भएको सम्झौताले  विखण्डन विरोधिहरुको अन्त्य भएको छ ।’

प्रधानमन्त्री ओलीले सरकारमा मन्त्रीहरुको हेरफेर गर्ने बारेमा कुनै पनि निर्णय नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो ‘अपूर्ण रहेका मन्त्रालयहरुलाई पूर्णता दिने हो, मन्त्री मण्डल हेरफेर हुँदैन ।’ 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved