काङ्ग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

  • प्रकाशित मितिः चैत्र ३, २०७५
  • 885 पटक पढिएको
  • समय अनलाइन

काठमाडौँ - नेपाली काङ्ग्रेस संसदीय दलले पूर्वप्रमुख सचेतक एवं काङ्ग्रेस केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेको छ। 

प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ। केन्द्रीय सदस्य श्रेष्ठका पिता पुण्यप्रसाद श्रेष्ठको शनिबार ९९ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौँस्थित ओम अस्पतालमा निधन भएको थियो। 

विसं २००७ देखि काङ्ग्रेसमा आबद्ध भई सक्रिय राजनीतिमा रहनुभएका स्व श्रेष्ठले लोकतान्त्रिक आन्दोलनमा देखाउनुभएको सक्रियता सबैका लागि अनुकरणीय रहेको विज्ञप्तिमा उल्लेख छ। 

स्व श्रेष्ठको निधनले काङ्ग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्रमुख सचेतक खाँणले उहाँले आफ्ना सन्ततिलाई सदैव आम नागरिकको हितमा समर्पित रहन प्रेरित गर्दै आउनुभएको र आफू पनि सामाजिक कार्यमा संलग्न रहनुभएको बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved