नेपाल महिला साफ च्याम्पियनसिपको फाइनलमा, श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित

  • प्रकाशित मितिः चैत्र ६, २०७५
  • 967 पटक पढिएको
  • समय अनलाइन

विराटनगर - नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि आजै हुने छ ।

विराटनगरको शहीद रंगशालामा भएको सेमिफाइनलमा नेपालले पहिलो हाफमा १ गोल गरेको थियो भने बाँकी तीन गोल दोस्रो हाफमा सम्भव भएको हो ।

सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो गोल गर्न भने ४२ औं मिनेटसम्म कुर्नु परेको थियो । पहिलो हाफको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् ।

गीता रानाले प्रहार गरेको फ्रीकिकलाई कप्तान निरु थापाले बाइसाइकल किक प्रहार गरेकी थिइन् । निरुको प्रहारलाई सावित्राले हेडर गरकी थिइन् । निरु र फरवार्ड सावित्रा भण्डारीमाथि ध्यान दिएका बेला अनमार्कमा रहेकी पुनमले गोल गरेकी हुन् । नेपालले पहिलो हाफमा थुप्रै पटक पोस्ट चार्ज गरेको थियो ।

दोस्रो हाफको सुरुमै सावित्रा भण्डारीले गरेको पोस्ट चार्ज भने श्रीलंकाली गोल किपरल बचाएकी थिइन् । त्यसैगरी कप्तान निरु थापाले पनि पटक पटक पोस्ट चार्ज गरेकी थिइन् । यसैगरी दोस्रो हाफमा डी बक्सभित्र श्रीलंकाली खेलाडीले ह्याण्ड गर्दा पनि रेफ्रीले पेनाल्टी दिएनन् ।

७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । कप्तान निरु थापालाई रिप्लेस गर्दै मैदान प्रवेश गरेकी रेखा पौडेलले पनि राम्रो फुटबल खेलेकी थिइन् । ८१ औं मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरिन् । सावित्राको जारी साफमा व्यक्तिगत तेस्रो गोल पनि हो । तीन गोलको अग्रता बनाएको नेपाललाई रेखा पौडेलले चौथो गोल गरेकी थिइन् । रेखाको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।

प्रतियोगिताअन्तर्गत आजै दिउँसो भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ । नेपालले उपाधिका लागि शुक्रबार दिउँसो ३ बजे भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved