मोरङ र सुनसरीमा आगलागी २ लाख बढीको क्षति

  • प्रकाशित मितिः चैत्र ६, २०७५
  • 810 पटक पढिएको
  • समय अनलाइन

विराटनगर / प्रदेश नम्बर १ अन्तर्गत मोरङ र सुनसरी जिल्लामा बुधवार बिहान भएको आगलागीबाट अन्दाजी २ लाख ६ हजार मूल्य बराबरको क्षति भएको छ ।

मोरङ बेलवारी नगरपालिका-२ धर्मध्वज कटुवालको ग्वाली घरमा बिहान आगलागी हुँदा अन्दाजी १ लाख मूल्य बराबरको क्षति भएको हो । बिहान साढे ७ बजे खोले पकाउने क्रममा अचानक आगलागी हुँदा ग्वाली घर सहित ग्वाली घरमा रहेको काठपात जलेर नष्टभएको थियो ।

उक्त आगलागी दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । त्यसैगरी सुनसरी देवानगंज गाउँपालिका-१ मध्येहर्साही बस्ने प्रकाश यादवको कुखुरा फर्ममा आगलागी हुँदा अन्दाजी १ लाख ६ हजार मूल्य बराबरको क्षति भएको छ ।

बिहान सवा ९ बजे यादवको बाँसको टाटी बेरा भएको कुखुरा फर्ममा बिजुलीको तार सर्ट भई अचानक आगलागी हुँदा ५ वटा कुखुरा सहित कुखुरालाई खुवाउने दानापानी जलेर नष्ट भएको हो । उक्त आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय हरीनगराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved