विराटनगर - साफ च्याम्पियनसिप फुटबलको फाइनलमा भारतले नेपाललाई ३-१ गोलले हराएको छ । यो जित संगै भारतले साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।
नेपालका लागि एक मात्र गोल सावित्रा भण्डारीले गरेकी थिइन् भने भारतका लागि अन्जु तामांग,डालिमा,ग्रेस दाम्बेले समान १-१ गोल गरेका थिए। पहिलो हाफमा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा दबाबमा खेलेको थियो ।
सुरुदेखि नै आक्रामक फुटबल खेलेको नेपालले गोल गर्ने अवसर जुराउन सकेन । खेलमा भारतले पहिलो अग्रता लियो । २६औं मिनेटमा हिरा कुमारी भुजलेले फल गरे पछि पाएको फ्रीकिकलाई डालिमा छिब्बरले उत्कृष्ट गोल गरेकी थिइन् । प्रत्येक खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३२ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई फर्काउन सफल भइन् ।
फस्वरुप ६२औं मिनेटमा डिफेन्सकै तालमेलको आभावको मौकामा सन्ध्या रंगनाथनको पासमा ग्रेस दाङमेईले वन भर्सेस वनमा नेपाली गोलकिपरलाई बिट गदै २–१ को अग्रता दिलाइन्। ७८औं मिनेटमा भारतले अर्को गोल गर्यो।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved