यसअघि " जाऊ जाऊ साथी रेलैमा," "वन लभ," "टोक्यो शहरमा" गीतहरु सार्वजनिक गरिसकेका गायकले यसपटक छुट्टै जनरा लोक-हापमा " कान्छी सुनन" बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरेका छन।
आफ्नै गाउँ-घर, भिर-पाखा, डाँडा-भञ्ज्याङ् र खोला-नालामा संगै हुर्केर माया प्रेम साटासाट गरिएको कान्छी लाई गीत मार्फत माया दर्साएको गीतमा पाउन सकिन्छ । नेपाली ठेठ शब्दहरु राखी सिर्जना गरिएको यस गीतमा शब्द , संगीत र स्वर स्वयम गायक राजिव लामाको रहेको छ भने बियट ब्यान्डका र्यापर थुजे दोन्दुपको र्याप समाबेश छ। गीतको एरेन्ज्मेन्ट विशेष पाण्डेले गरेका हुन।