प्रितम संगै उनका मम्मी मिडियामा, 'सारेगमप लिटिल च्याम्पस्' जानुअघि भनेका थिए यसो
- प्रकाशित मितिः चैत १४, २०७५
- 1534 पटक पढिएको
- समय अनलाइन
ईटहरी - पछिल्लो समय देश बाहिरका बिभिन्न रियालिटी शोमा भाग लिँदै नेपाली प्रतिभाले देशलाई नै चर्चामा ल्याएका छन्। नेपाली प्रतिभाको कुरा गर्दै बढी मात्रामा छिमेकी देश भारतमा हुने रियालिटी शोमा भाग लिएका हुन्छन्।
उनीहरूले आफू मात्रै हैन देशलाई नै चर्चमा ल्याएका छन् । नेपालका इटहरी निवासी प्रितम आचार्य पछिल्लो समय निकै चर्चामा छन्। हेर्नुस 'सारेगमप लिटिल च्याम्पस्' जानु अघि प्रितम संगै उनका मम्मीको कुरा ।
उनले 'सारेगमप लिटिल च्याम्पस्'मा जानुअघि माथिको अन्तरबार्तामै भनेका थिए 'म नेपालको नाम राखेरै फर्किन्छु' भनेर, र आज सोहि भैरहेको छ । अन्य प्रतिष्पर्धी हरुको तुलनामा प्रितम चर्चामा निक्कै अघि छन् भने हरेक एपिसोडमा जर्जहरुको तारिफ बटुल्ने गर्छन ।
प्रदेश १ को मुख्य सहर ईटहरीको विश्व आदर्श स्कुलको कक्षा ७ मा पढ्ने प्रितम आर्चायले यसअघि नेपालमै भएको एक गायन प्रतिष्पर्धा सुरशाला आईडलका फर्स्ट रनरअप भएका थिए । यतिबेला उनले सबै संग सहयोग मागी रहेका छ । जसलाई हामि नेपालीले नकार्नु कदापि हुदैन । सबैले आफ्नो ठाउबाट सहयोग गर्नु जरुरि छ ।