नेपाल पत्रकार महासंघको आयोजनामा ६४ औँ स्थापना दिवसको अवसरमा रक्तदान

  • प्रकाशित मितिः चैत १७, २०७५
  • 1252 पटक पढिएको
  • समय अनलाइन

इटहरी - नेपाल पत्रकार महासंघ सुनसरीको ६४ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इटहरीको रेयुकाई चौतारीमा रोटरी क्लव र टेवा बचत सहकारी संस्थाहरुको संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

पूर्वका विभिन्न अस्पतालहरुमा रगतको तिव्र मागलाई ध्यानमा राखेर रक्तदान कार्यक्रम आयोजना गरिएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले बताउनुभयो । दैनिक ठुलो मात्रामा रगतको माग हुने गरेको अवस्थामा पत्रकार महासंघको ६४ औँ स्थापना दिवसका अवसरमा कार्यक्रम गरिएकोे जानकारी दिए ।


नेपाल पत्रकार महासंघले गर्न लागेको कार्यक्रममा इटहरीका दुई संस्थाहरुले पनि सहकार्य गरेका थिए । इटहरीको रोटरी क्बल र टेवा बचत तथा ऋण सहकारी संस्थाले पनि गर्ने बार्षिक रक्तदान कार्यक्रम नेपाल पत्रकार महासंघसँगै मिलेर संयुक्त रुपमा आयोजना गरिएको रोटरी क्लवका अध्यक्ष सन्दिप गौतमले जानकारी दिए ।


यस्तै कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सुनसरीका सभापति उमेश थापाले इटहरी रक्तदाताहरुको शहर बन्दै गएको बताए । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक पर्ने रगत मध्ये ३५ प्रतिशत रगत इटहरीका विभिन्न संघसंस्थाहरुबाट प्राप्त हुँदै आएको सभापति थापाले बताए । उनले खेर जाने रगतलाई जिवनदानका लागि दिन आम रक्तदाताहरुलाई आग्रह पनि गरे ।


रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको रक्तदान कार्यक्रमका संयोजक धु्रव ढकालले जानकारी दिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्तसंचार केन्द्र धरानका प्रविधिकहरुले सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved