इटहरी - महिला वचत तथा ऋण सहकारी संस्थाले ६२ औं सहकारी दिवसको अवसरमा ज्येष्ठ सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले हरेक वर्ष ७० वर्ष भन्दा माथिका सदस्यहरुलाई सम्मान गर्ने गरेको छ ।
संस्थाकी अध्यक्ष अमृता सुव्वाको अध्यक्षता र प्रदेश नं. १ माननीय सांसद श्री लिलम वस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ३४ जना ज्येष्ठ सदस्यहरुलाइ सम्मान गरिएको हो । कार्यक्रममा वोल्दै प्रदेश नं. १ का माननीय सांसद श्री लिलम वस्नेत ले महिला साकोसले हरेक उमेर समुह वाल, युवा र ज्येष्ठ लाई समेटेर विगत वर्षहरुमा उल्लेखनीय रुपमा संस्था संचालन गरिरहेको वताउनु भयो ।
महिला साकोसले आगामी दिनहरुमा ज्येष्ठ आजिवन पेन्सन सुविधा र सदस्यहरुको स्वास्थ्य उपचारमा सहयोग गर्ने गरि नियमित स्वास्थ्य कार्यक्रम संचालन गर्नको लागि गृहकार्य गरिरहेको संस्थाकी अध्यक्ष अमृता सुव्वाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा अतिथिहरु उद्योग वाणिज्य संघ सदस्य श्री रञ्जु सिग्देल, संत्सग मन्दिर समिति अध्यक्ष श्री अप्सरा भट्टराई र महिला संजालकी अध्यक्ष श्री विमला ढकाल लगायतको संस्थाको कार्यको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved