सरकारले दिन थाल्यो वंशजको आधारमा नागरिकता

  • प्रकाशित मितिः चैत्र २१, २०७५
  • 1394 पटक पढिएको
  • समय अनलाइन

विराटनगर - जन्मका आधारमा नागरिकता प्राप्त गरेका आमाबुबाका सन्तानलाई नागरिकता दिन गृहमन्त्रालयले परिपत्र गरेसँगै मोरङ पनि नागरिकता दिन थालिएको छ । मोरङ जिल्ला प्रशासनबाट बुधवार इशा चौधरी अग्रवालले पहिलो नागरिकता प्राप्त गरेकी छन् ।

विराटनगर– ७ निवासी विनय चौधरी अग्रवालकी छोरी इशालाई नागरिकता दिलाउन प्रक्रियागत रूपमा वडा अध्यक्ष मधुबाबु तिवारीले सिफारिस गरेका थिए । विनयले जन्मका आधारमा र उनकी श्रीमती पायल चौधरीले वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गरेकी थिइन् । अब छोरी इशाले भने नयाँ प्रावधानअनुसार वंशजका आधारमा नागरिकता प्राप्त गरेकी छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले १९ गतेको सरकारको निर्णयअनुसार नै वंशज नागरिकता दिइएको बताए । २०७० चैत २० बाट जन्मका आधारमा नागरिकता पाएका आमाबुवाको सन्तानलाई नागरिकता दिन रोकेर राखेको तर बाबुआमा नागरिक हुने छोराछोरी नहुने भन्ने विषयलाई हेरेर गृहमन्त्रालयको निर्णयअनुसार निर्देशन आएकोले सोही अनुसार नागरिकता दिइएको केसीले जानकारी दिए ।

आजै जिल्ला प्रशासनमा नागरिकता लिन आएका अन्यलाई भने प्रक्रिया मिलाउँदै जाने र क्रमशः दिने भन्दै फर्काएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved