पीडित जनताको मुक्ति र स्वतन्त्रताको लागि सङ्घर्ष गर्न अझै बाँकी छ - उपेन्द्र यादव

  • प्रकाशित मितिः चैत्र २१, २०७५
  • 908 पटक पढिएको
  • समय अनलाइन

इटहरी - सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपालको दोस्रो इटहरी उपमहानगर अधिवेशन उद्घाटन गर्ने क्रममा उनले

प्रदेशको अधिकार खुम्च्याएर सङ्घ र स्थानीय तह दह्रो बनाउने काम भइरहेकाले यो गलत अभ्यास भएको बताए ।‘संविधान निर्माण गर्दा जातीय, भाषिक, धार्मिक र सांस्कृतिक विविधतालाई सम्बोधन गर्नेगरी सङ्घीय प्रणाली अगाडि बढ्न सकेन’, उनले भने, ‘शोषित र पीडित जनताको मुक्ति र स्वतन्त्रताको लागि सङ्घर्ष गर्न अझै बाँकी छ ।’

धर्म निरपेक्षता हटाउन खोज्नेले उपलब्धि समाप्त पार्न खोजिरहेको उनको तर्क छ । बहुदलपछिको नश्लवादी चिन्तन हाबी भएको हुनाले एउटै भाषा र एउटै भेषले नेपाललाई कब्जा गरेको उनले बताए । अब भने एकल जातीय चिन्तनबाट माथि उठेर समावेशी मुद्दालाई अगाडि बढाउनुपर्ने उनले बताए ।

आज उद्घाटन भएको कार्यक्रम ३ दिनसम्म चल्नेछ । पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन रक्तदान र तेस्रो दिन बन्दसत्र मार्फत् नयाँ नेतृत्व चयन गर्ने संसफो नेपाल इटहरी नगर समितिले जनाएको छ ।

उद्घाटन समारोहमा प्रदेश अध्यक्ष भुपेन्द्र नेम्वाङ, केन्द्रीय सचिव पर्शुराम बस्नेतलगायतले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved