इटहरी - सुनसरीको इटहरी २ स्थित चन्द्र मेमोरियल इंलिस स्कुलले बिविध कार्यक्रम गरी ९ औँ बार्षिकोत्सव मनाएको छ। बुधबार स्कुलले विविध कार्यक्रम गर्दै बार्षिकोत्सव मनाएको हो।
सो स्कुलमा सञ्चालित खेलकुद, बार्षीक परीक्षामा उत्कृष्ट अंक ल्याउनेलगायतका विभिन्न कृयाकलापमा उत्कृष्ट हुने बिद्यार्थीलाई पुरस्कृत समेत गरिएको छ।
बुधबार भएको पुरस्कार वितरण एवं बार्षिक उत्सव तथा अभिभावक दिवसमा विद्यालय व्यवस्थापन समिति संघ सुनसरीका अध्यक्ष सोमराज सुवेदी, इटहरी उपमहानगरपालिकाका अधिकृत रेवती पोख्रेल, टोल विकास समिति अध्यक्ष मणिन्द्र तिम्सिना, स्थानीय समाजसेवी ताराबहादुर कार्कीलगायतको उपस्थिती थियो। सो कार्यक्रम राजेन्द्र छेत्रिले सञ्चालन गरेका थिए।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved