सबु सुवेदीको उपन्यास ‘मञ्जूषा’ सार्वजनिक

  • प्रकाशित मितिः जेठ १३, २०७५
  • 1065 पटक पढिएको
  • Prakash

सबु सुवेदीको उपन्यास ‘मञ्जूषा’ सार्वजनिक

 
 
 
 
 
 
 
 
 
काठमाडौँ
 
 कथाकार तथा आख्यानकार सबु सुवेदीद्वारा लिखित उपन्यास ‘मञ्जूषा’ शनिबार राजधानीमा एक कार्यक्रमकाबिच लोकार्पण गरिएको छ ।
 वरिष्ठ कवि तथा आख्यानकार भुवनहरि सिग्देल, आख्यानकार अमर न्यौपाने, पत्रकार फूलमान वन, समीक्षक सचिन घिमिरे, चलचित्र लेखक प्रदीप भारद्वज र लेखक सबु सुवेदीले संयुक्त रूपमा उपन्यासको विमोचना गरे ।  
पुस्तक लोकार्पण कार्यक्रम पहिलो र दोस्रो चरणमा भएको थियो । पहिलो चरणमा पुस्तकको लोकार्पण गरियो भने दोस्रो चरमा पुस्तकमाथि अन्तरक्रिया गरियो । अन्तरक्रिया कार्यक्रमको नेतृत्व समीक्षक सचिन घिमिरेले गरेका थिए । उनले लेखक सबु सुवेदी, आख्यानकार अमर न्यौपाने र पत्रकार फूलमान वनलाई प्रश्न सोधेर उपन्यासको बलियो तथा कमजोर पक्षमा टिप्पणी गराएका थिए ।   
लोकार्पणपछि पहिलो चरणको कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार भुवनहरि सिग्देलले सबु सुवेदी नयाँ लेखक नभएर साहित्यिक जगतको क्षमतावान लेखकका रूपमा उपस्थित भएको बताए । 
अर्का वक्ता चलचित्र लेखक प्रदीप भारद्वजले यस उपन्याले आफूलाई पनि लेख्न प्रेरित गरेको बताए । 
दोस्रो चरणको अन्तरक्रिया कार्यक्रमा आख्यानकार अमर न्यौपानेले उपन्यासको परिकल्पना र सरल प्रस्तुति रहेको बताए । उनले भने, ‘उपन्यासको भाषा सरल रहेको छ । यसमा समाजको यथार्थ कथावस्तुलाई समावेश गरेको छ । लेखकले परिकल्पना गरेको यस उपन्यासको परिकल्पना नै राम्रो छ ।’ 
पुस्तकका बारेमा बोल्दै अर्का वक्ता फूलमान वनले नयाँ लेखक भएर पनि सबु सुवेदीको लेखनमा परिपक्वता भेटिने बताए । 
पुस्तकमाथि बोल्दै उक्त उपन्यासकी लेखक सुवेदीले प्रेमको नयाँ परिभाषा गरेको भन्दै बाँकी पाठकको जिम्मा रहेको बताइन् ।
उक्त उपन्यास ‘मञ्जूषा’ शिखा बुक्सले प्रकाशन गरेको हो । जसको मूल्य रु. ३७५– रहेको छ । 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved