कुम्भमेला चैत २३ गतेबाट सुभारम्भ हुने , हिन्दृ धर्मलाई जागरण गर्ने अभियान

  • प्रकाशित मितिः चैत्र २१, २०७५
  • 976 पटक पढिएको
  • समय अनलाइन

सुनसरी - मुलुककै सबै भन्दा ठुलो धार्मिक मेला सुनसरीको प्राचिन हरिद्धार कुम्भनगरी एक महिना सम्म लाग्ने कुम्भ मेलालाई सफल वनाउन प्रदेस नम्वर १ सरकारले कुनै कसर बाँकी नराख्ने भएको छ ।

यही चैत्र २३ गते देखि आगामी बैशाख २४ गते सम्म चल्ने दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भको संयोजनको भुमिका निर्वाह गरेको प्रदेस सरकारले कुम्भ मेला सम्पन्न गर्न सडक मर्मत , शान्तिसुरक्षा ,स्वास्थ्य सेवा लगायतको व्यवस्था प्रभावकारी वनाउने वताएको छ ।

नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरणको अगुवाईमा प्राचिन हरिद्धर कुम्भनगरी चतरामा २०५९ सालबाट प्रत्येक १२ वर्षमा कुम्भ तथा ६ वर्षमा अर्धकुम्भ लगाउन थालिएको छ । शान्ती सुरक्षा तथा विपत जोखीम न्युनीकरणमा प्रदेश १ सरकारले विषेश योजना बनाएको छ । 

यस पटक आयोजना हुने दोस्रो अर्थ कुम्भको लागि प्रदेस सरकारले संयोजनकको भुमिका निवार्ह गर्ने गरी आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई संयोजक तोकेको छ ।कुम्भमेलाको संयोजनकारी भुमिकामा रहेको प्रदेस सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार सम्मेलन गरी आध्यत्मिक महत्व बोकेका कुम्भ मेलाले धार्मिक पर्यटन प्रवन्द्र्धनमा ठुलो टेवा पुर्याउने संयोजक कानुन मन्त्री कार्कीले विश्वास व्यक्त गरे । उनले कुम्भ मेला सफल वनाउन सहयोग गर्ने आग्रह समेत गरे ।

प्रदेस सरकारले कुम्भ मेला अवधिभर सवै प्रकारका सेवा र सुविधाको व्यवस्था मिलाउने समेत जानकारी गराइयो । त्यसै गरी जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले कुम्भ नेपाल र नेपाली सबैको आस्थाको केन्द्र भएको वताउदै शास्त्रिय आधारमा चतरामा कुम्भ मेलाको आयोजना गर्न थालिएको जानकारी गराए ।

सुनसरीको चतरामा २०५९चैत ६ गते देखि एक महिनासम्म पुर्ण कुम्भ, ०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भ मेला र २०७०÷०७१ मा बाह्बर्षे पुर्ण महाकुम्भ मेला आयोजना भई सकेको छ भने यही चैत्र २३ गते देखि दोस्रो एक महिने अर्ध कुम्भ मेला आयोजना हुन गईरहेको छ । बाह् बर्षे कुम्भ मेलामा देशका विभिन्न स्थानका साथै छिमेकी देश भारत, भुटान ,बर्मा लगायतका अन्य देशबाट समेत श्रद्धालु भक्तजनहरु आउने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved