श्रीकृष्ण प्रणामी मन्दिरलाई धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकसित गरिनु पर्ने : राष्ट्रपति भण्डारी

  • प्रकाशित मितिः चैत्र २५, २०७५
  • 1229 पटक पढिएको
  • समय अनलाइन

इटहरी - नेपालकै नमुनाको रुपमा रहेको श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घघाटन गर्नु भएको छ। राष्ट्रपति भण्डारीले देशकै महत्वपूर्ण धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको विराट क्षेत्रलाई पर्यटकिय सुविधाका अन्य पूर्वाधारहरुको विकास गरिनु पर्ने बताउनु भयो।

राष्ट्रपति विद्या देवी भण्डारीले विद्धान विद्युषीहरुको पवित्र तपोभूमि यस पूर्व क्षेत्रमा रहेका धार्मिक तथा साँस्कृतिक पक्षको विकासमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताउनु भयो । उद्घघाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराटक्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताउनु भयो ।

सुनसरी र मोरंग जिल्लाको किनारमा रहेको बुढिगंगा मुक्तिघाटसंगै श्रीकृष्ण प्रणामी मन्दिरको निमार्णले बिभिन्न आन्तरिक तथा बाह्य धार्मीक प्रर्यटनको आगमनमा बृद्धि हुने संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालवाबु पण्डितले बताउनु भयो । मन्दिर उद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रि लालवाबु पण्डित महिला बालबालिका मन्त्री थममाया थापा मगर, लगायतले बोल्नु भएको थियो ।

मन्दिरको निमार्णमा करिब ७ करोडको लगानी लागेको छ भने मन्दिरको गजुर ३० तोला सुनबाट निर्माण भएको छ । यो महोत्सवमा करिब २० हजार भन्दा बढि धार्मीक पर्यटकको आगमन हुने अपेक्षा गरिएको छ भने १० हजार भन्दा बढिलाई आवसियको व्यवस्था गरिएको छ । विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितीका अध्यक्ष हेम घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved