सुनसरी – इटहरीमा जारी मेयरकप क्रिकेट प्रतियोगिताको उपाधी बिराटनगर महानगरपालिकाले जितेको छ । बुधबार सम्पन्न फाइनलमा इटहरी उपमहानगरपालिकालाइ ७८ रनले पराजित गर्दै बिराटनगरले उपाधी सहित नगद ५० हजार रुपैया र टफी हात पारेको छ । उपबिजेत बनेको इटहरीले २५ हजार रुपैयामा चित्त बुझाएको छ ।
इटहरी ९ स्थित क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिड गरेको बिराटनगरले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ७३ रनको योगफल खडा गरेको थियो । बिराटनगरको लागी पुष्प थापाले बिष्फोटक ब्याटिड गर्दै सर्वाधिक ९६ रन जोड । कप्तानी पारी खेलेका थापाले ३४ बलमा १२ चौका र ६ छक्का प्रहार गरे । यस्तै रबि रोयले २२, फिर्दोस अन्सारीले २१ र मिनस थापाले १५ रनको योगदान दिए । बलिड तर्फ इटहरीका भुपाल लुइटेलले ३ बिकेट लिदा रबि शाहले २ विकेट लिए ।
जवाफमा १ सय ७४ रनको बिजयी लक्ष्य पछ्याएको इटहरी १७ दशमलव १ ओभरमा ९५ रनमा समेटियो । इटहरीको लागी मनिष दाहालले नटआउट २७ रन बनाउदा सरोज कटुवालले २५ तथा सुमन पौडेलले २० रन जोडे । बलिडतर्फ बिराटनगरका पुष्प थापा, दिपेश कंडेल, मुकुन्द यादव र अमृत सिंहले २–२ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी बिराटनगरका दिपेश कंडेल घोषित भए । उनले नगद ५ हजार र टफी पाए । उत्कृष्ट बलर इटहरीका उज्वल श्रेष्ठ र उत्कृष्ट ब्याष्टमेन बिराटनगरका फिर्दोश अन्सारी घोषित भए । उनीहरु दुबैले जनही नगद ३ हजार र टफी पाए । म्यानअफ द फाइनल बिराटनगरका पुष्प थापा भए । उनले नगद १ हजार र टफी पाए । इटहरी उपमहानगरपालिकाको संयोजनमा भएको प्रतियोगतामा एक नम्बर प्रदेशका ८ टिम सहभागी थिए । प्रतियोगिता चैत्र २४ गतेदेखी सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2025 - Samayaonline.com All rights reserved