तराईका जिल्लामा चैतीछठको रौनक

  • प्रकाशित मितिः चैत्र २८, २०७५
  • 1073 पटक पढिएको
  • समय अनलाइन

महोत्तरी - परिवारको सुख, शान्ति, समृद्धि र दीघार्युको कामना गर्दै तराईका जिल्लामा मनाइने सूर्य आराधनाको पर्व चैतीछठको रौनक यहाँ बढेको छ।

रोगबाट मुक्ति तथा पारिवारिक सुख, शान्ति, कल्याणको मनोकामना पूरा हुने विश्वासका साथ कात्तिक महीनामा पर्ने छठ पर्व मुख्यरूपमा मनाइए पनि यहाँ केही वर्षदेखि चैतीछठ मान्ने व्रतालुको सङ्ख्या बढदै गएकाले रौनक बढेको पुजारी रमाकान्त मिश्रले बताउनुभयो।

मङ्गलबारदेखि धार्मिक विधिपूर्वक शुरु भएको चैतीछठ पर्वका व्रतालुले हिजो शुद्ध चोखो भई प्रसाद ग्रहण गरेका छन्। व्रतालुले बिहिबार अस्ताउँदो सूर्यलाई तथा शुक्रबार बिहान उदाउँदो सूर्यलाई विभिन्न परिकार र फलको अघ्र्य दिएपछि चैतीछठ सम्पन्न हुन्छ।

सूर्य देवताको समेत स्थापना गरी राजविराजस्थित विभिन्न पोखरीका साथै विभिन्न गाउँमा रहेको पोखरीमा पनि चैतीछठ भव्यताका साथ मनाइने राजविराजकी रञ्जना साहले बताउनुभयो। भाकल गरेकाहरूले भिक्षा मागेर पनि पर्व मनाउने गरेकाले केही वर्षयता तराईमा चैतीछठ पर्व मनाउनेको सङ्ख्या बढदै गएको छ।

सप्तरीलगायत जनकपुर, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र राजधानी काठमाडौँमा समेत चैतीछठ मनाइन्छ। लामो समयदेखि पहाडी समुदायले पनि विधि र श्रद्धापूर्वक मान्न थालेको छठ पर्व मधेशी र पहाडी समुदायको धर्म, संस्कृति, चाडपर्व, रहनसहनलाई जोड्ने, सम्मान र श्रद्धा गर्ने सेतु तथा समावेशी पर्वका रूपमा स्थापित बन्दै गएको छ।

चैतीछठ पर्वको अन्तिम तयारीमा रहेका व्रतालु तथा भक्तजन छठ पूजाका लागि विभिन्न सामग्री किन्न र पुजाघाट सजाउन व्यस्त भएका छन्। चैतीछठ पर्वका कारण फलफूलका सामग्रीको मूल्य आकाशिएको छ। छठको व्रत लिँदा चर्म रोग निको हुने, पुत्रलाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख शान्ति आउने र सम्भावित दुर्घटनाबाट जोगिने धार्मिक विश्वास छ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved