नेबि संघका नेतालाई कुटपिट गर्ने अखिल र स्वबियुका नेताहरु सम्पर्क बिहिन

  • प्रकाशित मितिः चैत्र २९, २०७५
  • 870 पटक पढिएको
  • समय अनलाइन

सुन्दरहरैचा - मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १२ स्थित सुकुना बहुमुखी क्याम्पसमा चैत्र १३ गते अनेरास्ववियु ,स्वबियु समर्थित विद्यार्थी नेताहरु बिच झडप भएको थियो। उक्त घटनामा नेबि संघका नेताहरुलाई कुटपिट गरि टाउको फुटाउने अखिल ,स्वबियुका नेताहरु फरार भएका छन।

नेबि संघका नेताहरु क्याम्पस र विद्यार्थीसंग प्रत्यक्ष सरोकार राख्ने ६ बुदेमाग पूरा गर्न दबाब दिने उदेश्यले धर्नामा बसि रहेको बेला आक्रमण गरि नेबि संघ सभापति बिजय तोलाङीलाई कुटपिट गरि टाउको फुटाई अन्य विद्यार्थी नेताहरुलाई निर्मल तवरले कुटपिट गरि गम्भीर धाईते बनाई अस्पतालमा उपचार गरि क्याम्पस सभापति ६ दिन पछि र अन्य त्यही दिन घर फर्की सकेको अबस्था छ।

अनेरास्ववियुका जिल्ला सचिब एबम् क्याम्पस कमिटी अध्यक्ष मिलन बस्नेत , स्ववियु सभापती सन्तोष लिम्बू , सदस्य कमल कार्की , अनिल कार्की,नवीन गिरि युवा संघ केराबारी अध्यक्ष बिबेक भुजेल र विद्यार्थी उमेश सिन्चुरी लगायत ९ जना विरुद्द नेबि संघका क्षेत्रीय सभापति होमनाथ पोखरेल क्याम्पस सभापति बिजय तोलाङ्गी लगायतलाई निर्मल कुटपित गरि क्याम्पस सभापतिको टाउकोमा ७ टांचा लाग्ने गरी साङ्घातिक आक्रमण गरेको आरोपमा उजुरी दिएपछि प्रहरीमा घटनामा संलग्न सबै अखिल स्वबियुका नेताहरु विरुद्द मुद्दा दर्ता भएको छ।

उक्त उजुरी दर्ता भए पछि प्रहरिले घटनामा संलग्न विधार्थीहरुको खोजी कार्य तिव्र पारिएको बताइएको छ। प्रहरिमा   घटना दर्ता भए पश्चात् नेबि संघका नेताहरुलाई कुटपिट गरि टाउको फुटाउने अखिल ,स्वबियुका नेताहरु फरार भएका छन।

 

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved