चुनाव लाग्यो, शैलेस विष्ट र भिम पौडेल उठ्दै

  • प्रकाशित मितिः वैशाख १, २०७६
  • 1980 पटक पढिएको
  • समय अनलाइन

इटहरी । उद्योग बाणिज्य संघ इटहरीको चुनाव नजीकिदै जादा इटहरीमा चुनावी रन्को सुरु भएको छ । नेपाली काग्रेस, नेकपा निकट ब्यबसायीहरु टिम बनाएर चुनावी मौदानमा उत्रने पक्का पक्की भएको छ । असार १४ गते चुनाब हुदै छ । चुनाव हुन करीब अडाई महिना अगाबै चुनाबी रन्को सुरु भएको छ ।


माओवादी र एमाले निकट ब्यावसायी हालका कार्यवहाक अध्यक्ष शैलेस विष्ट चुनावको तयारीमा छन । नेकपा निकट ब्यबसायीको प्यानल चुनाव आउनु अडाई महिना अघिनै घरदैलोको तयारी छ । भित्रि रुपमा कार्यकर्ताहरुको फर्म रिनो गर्ने सम्मको काम सुरु गरीरहेको स्रोत्र बताउँछ । चुनावको लागी उम्मेदवारहरुले स्थानीय नेताहरु पकाउँन थालेका छन ।


नेपाली काग्रेस निकट भिम पौडेल नेतृत्वको संयुक्त प्यानल वनाएर चुनाबी मौदानमा उत्रिने तयारी गदै छ । पौडेलले पनि आफु निटक ब्यबसायीहरुको फर्म रिनो गर्न थालेको ब्यापारीहरु बताउँछन । तथापी नेकपाबाट विष्ट र नेपाली काग्रेसबाट पौडेलको उम्मेदवारीलाई ब्यापारीहरुले दुबै पक्ष बलियो भन्न थालेका छन । चिया पसल तथा भट्टी पसलहरुमा चुनावी चर्चा हुदा दुबै बलियो भएको ब्यापारीहरु बताउँछन ।


बिगत बर्षहरु देखि नै उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व गर्दै आएको नेपाली काग्रेस निटक ब्यापारीहरुले अघिल्लो बर्ष नराम्ररी हार्नु पर्यो । लामो समय देखि उद्योग बाणिज्य संघमा हादै आएका एमाले निकट ब्यापारी अघिल्लो बर्षको चुनाव जिते जस्तै यो पटक पनि नेतृत्व हत्याउँने दाउमा छ । नेपाली काग्रेस निकट ब्यापारीहरु भने अघिल्लो पटकको हारको बद्ला लिने दाउमा छ ।


उद्योग बाणिज्य संघ इटहरीका कार्यवहाक अध्यक्ष शैलेस विष्टले चुनावी अभियान सुरु भएको बताए । असार १४ गते चुनाव हुने पक्का भए सँगै ब्यापारीहरुलाई तयारी गराउने काम भईरहेको छ विष्टले भने । यो पटकको चुनाबमा बिहीबार कि शनिबार बजार लगाउने भन्ने विषयमा पनि चुनाब हुदै छ विष्ट भन्छन् । नेकपाको एक्लो उम्मेदवार आफै भएको भन्दै शैलेसले भने चुनाव जित्ने दाउमा छु ।


ब्यापारी भिम पौडेलले पनि आफुले यो पटकको चुनाव जित्ने दाबी गरे । ब्यापारीहरुमा नयाँ उर्जा दिन पनि मैले उम्मेदवार दिएको हौ । ब्यापारीहरुको हकहितमा काम गदै अगाडी बढ्ने योजना रहेको सुनाउँदै पौडेल भन्छन् नेतृत्व गर्न पाए ब्यापारीहरुको पक्षमा काम गर्छु । लामो समय देखि ब्यापारमा होमिएका पौडेलका धेरै ब्यापार ब्यबसाय छन ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

कोशी प्रदेश ब्यूरो

उतम रिमाल

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved