धरानमा केन्द्रिय कार्यालय स्थापना गरेर करिव १३ वर्ष अघि स्थापना भएको एक मात्र विकास बैंक मितेरी डेभलपमेण्ट बैंकमा १० वर्ष भन्दा अघिदेखि प्रमुख कार्यकारी अधिकृतको रुपमा तुलसी प्रसाद वस्तीले काम गरिरहेका छन् । उनको बैंकसँगको संलग्नताले बैंकले राष्ट्रिय रुपमा एउटा छुट्टै पहिचान मात्र बनाएको छैन उनी आफै पनि विभिन्न सामाजिक संघ–संस्था आदीमा पनि रहेर समाज रुपान्तरणको लागि निरन्तर लागि रहेका छन् । विशेषत धरान उपमहानगरपालिका, सुनसरी उद्योग वाणिज्य संघमा सल्लाहकार, रोटरी क्लब अफ धरान घोपामा उपाध्यक्षको जिम्मेवारीमा रहेका वस्ती मितेरी बैंकमा आउनु अघि नेपाल आयल निगम र नेपाल बंगलादेश बैंकमा काम गरिसकेका छन् । वस्तीले ब्यवस्थापन विषयमा स्नतकोत्तरका साथै कानूनमा स्नतकसम्मको अध्ययन गरि अधिवक्ता समेत हुन् । उनै वस्तीसँग औजारकर्मी केदार बस्नेतले गरेको कुराकारीको अंश ।
तपाई आएपछि मितेरी बैंकले उचाई प्राप्त गर्याे धेरै माथि पुग्यो यो कसरी सम्भव भयो ?
यसलाई त्यसरी भन्नुभन्दा, यो बैंक धरानको बैंक हो र हामी धरान लगायत यस प्रदेशमा रहेका हरेक नागरिक, सर्वसाधारणले मेरो आफ्नै बैंक हो भनेर माया दर्शाउनु भएको छ, त्यसैको परिणाम हो जस्तो लाग्छ । त्यती मात्र नभएर यस बैंकका संस्थापकहरु, शेयरधनीहरु, संचालकहरु अनि कर्मचारीहरुको अपनत्व यि सबै कुराको सम्मीश्रणले बैंकले यो उचाई हाँसिल गर्न सफल भएको हो । जसको बीचमा रहेर केहि भूमिका मेरो पनि रह्यो होला ।
बैंकहरुले नाफा त बढेको छ नै तर बैकले समाजसेवामा भने काम नै गरेन भन्ने गुनासो सुन्ने गरिन्छ, यो चाही किन भयो ?
तपाईले बढो सान्दर्भिक प्रश्न राख्नु भयो, हामीले केहि हदसम्म त्यसो पनि ग¥यौ होला, तर मितेरीको सन्दर्भमा त्यस्तो कुनै छुटै छैन । बैंक नै स्थानिय स्तरमा सञ्चालित छ, यहाँका हरेक सामाजिक गतिविधि आफ्नै जस्ता लाग्छन्, त्यसैले मितेरीले गर्नुपर्ने ठाँउमा आवश्यकता अनुसार सहयोग गर्दै आई रहेको छ । यहाँहरुले आसारा सुधार गृहको कुरा गर्नुस्, खत्रीधारा शवदाह स्थलको कुरा गर्नुस्, विभिन्न स्कूलमा कम्प्यूटरहरुको वितरण लगायतका धेरै कुरा छन् जो यहाँ वर्णन गर्न गाह्रो छ ।
तपाई बैंकको अलवा अन्य क्षेत्रमा पनि संलग्न हुनुहुन्छ, समयको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
समय हरेक ब्यक्तिको लागि बराबर अर्थात् दिनको २४ घण्टा (१४४० मिनेट) नै हो, तपाई यो समय जसरी सुकै खर्च गर्नुस् वा खर्च नगरि बस्नुस् । पैसा खर्च नगरी बस्दा बाँकी रहला तर समय खर्च गर्दिन जोगाएर राख्छु भन्दा सम्भव हुँदैन त्यसैले विवेक मिलाएर खर्च गर्नुपर्ने हुन्छ । मैले कार्यलयलाई दिनु पर्ने समय, समाजसेवामा दिनु पर्ने समय, परिवार र समाजका लागि र हरेकका लागि केहि न केहि समय छुट्याएर ब्यवस्थापन गरिरहेको हुन्छु । यो कुनै ठूलो विषय नै होइन सयौं उद्योगका मालिक विनोद चौधरीले त समय ब्यवस्थापन गर्छन् भने म जस्तो सामान्य मानिसको लागि यो कुन ठूलो कुरा भयो र ! साथै मैले अन्य गर्ने कार्यमा महिला, पिछडिएका वर्गका ब्यक्तिहरुका लागि निःशुल्क कानुनी लगायत अन्य तालिम, स्कूल तथा कलेजका विधार्थीहरुका लागि क्यारियर काउन्सीलीङ तथा उत्प्रेरणात्मक मन्तव्य, उद्यमी व्यवसायीहरुका लागी लेखा तथा कम्पनी कानून सम्बन्धि तालिम लगायत समाजमा आवश्यक परेका हरेक कार्यहरुमा मैले जाने बुझेका क्षेत्रमा सहायता प्रदान गर्ने गर्दछु ।
बैंकमा विशेष गरि के–के कुरा मा ध्यान दिनुहुन्छ, कर्जा दिदाँ के के कुरामा ध्यान दिनुहुन्छ, अनि परियोजना भएका धितो नभएका आदिलाई के गर्छ मितेरीले ?
कर्जा दिदाँ धेरै कुरा हेर्नुपर्ने म आवश्यकता देख्दिन, विशेष गरि कर्जा लगेपछि उक्त व्यक्तिले कर्जा रकमको कसरी सदुपयोग गर्छ, अनि त्यसले उसलाई र राज्यलाई के फाइदा छ त्यती हेरे पुग्छ त्यसको साथै मैले कर्जा दिएको पैसा मेरो होइन, अरु सर्वसाधारणको हो जसले मागेको बखत मैले फिर्ता गर्नुपर्छ, त्यती विचार गरे पुग्छ अरु सबै प्रकृयाका कुरा हुन् । अनि धितो नभएकाको सन्दर्भमा उनीहरुको परियोजना, समाजमा उनीहरु प्रतिको विश्वास, बैंकिङ्ग तथा राज्यका कानूनको परिधि भित्र रहेर कर्जा दिन्छौं ।
यत्तिका बैंकहरुको भिडमा ग्राहकले मितेरी नै किन रोज्ने ?
साच्चै मन छुने प्रश्न राख्नुभयो । नागरिकता लिन जिल्ला प्रशासन, भिषा लिन दुतावास नै जानुपर्छ, तर बैंकिङ्ग सुविधा त जहाँ जुन बैंकमा लिए पनि भयो नि । तर तपाई मितेरीमा गएर हेर्नुस् तपाई आफ्नै परिवार, साथीभाई जस्तो सौहार्द ब्यवहार पाउनुहुन्छ, काम छिटो छरितो हुन्छ यि सबैको लागि हो मितेरी । तपाई पैसा राख्न जाँदै हुनुहुन्छ भने तपाईले अन्यत्र भन्दा धेरै ब्याज पाउनुहुन्छ, आजकै कुरा गर्ने हो भने बचतमा ८.१० प्रतिशत र मुद्घतीमा ११.५० प्रतिशत ब्याज पाउनुहुन्छ । त्यसै गरि कर्जा लिन जाँदै हुनुहुन्छ भने तुरुन्तै कर्जा पाउनु हुन्छ, निर्णय प्रकृया सरल र सहज छ, केन्द्र नै यहि भएर यि सबको फाइदा छ ।
अन्तमा केहि भन्नु छ कि ?
यो बैंक तपाई हाम्रै बैंक हो, यसको सफलता तथा असफलता तपाई हाम्रो हातमा निर्भर छ, त्यसैले तपाई हामी मिलेर तपाई हाम्रो सम्पूर्ण परिवारको कारोबार मितेरीबाट नै गरौ , त्यती मात्र होइन हामी आबद्घ सम्पूर्ण संघ–संस्थाहरुको कारोबार समेत मितेरी मै गरौ । ब्याज पनि बढि आउने कारोबार पनि आफ्नै स्थानिय बैंकमा नै हुने । समाज रुपान्तरणको लागि बैकिङ्ग क्षेत्रले खेल्नुपर्ने भूमिकाको लागि मितेरी सदैब तयार नै छ केबल तपाई सम्पूर्ण यस क्षेत्रका जनताको साथ र सहयोगको खाँचो छ । साथै अन्तमा यस नव वर्ष २०७६ ले सम्पूर्ण नेपाल र नेपालीको आर्थिक समृद्घि आओस भन्ने शुभकामनाका साथै आजैबाट रंगीन कलेबरमा प्रकाशन हुन लागेको राष्ट्रिय दैनिक औजारलाई हार्दिक बधाइका साथ पूर्ण सफलताको लागि शुभकामना समेत दिन चाह
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved