इटहरी । पुर्वी नेपालमा गर्मी बढेसँगै पूर्वका बजारहरुमा उखुको जुसको कारोबार बढ्दो देखीन्छ । स्वास्थको दृष्टिकोणले समेत लाभदायक भएकाले अन्य पेय पदार्थ भन्दा उखुको जुसतर्फ पछिल्लो समय सर्वसाधारण आकर्षित हुदै गएका छन् । बहुराष्ट्रिय कम्पनीले उत्पादन गर्ने पेय पदार्थ भन्दा स्थानिय कृषकले उत्पादन गरेका उखुबाट जुस निकालेर कारोबार गरीदा स्थानिय कृषक र व्यवसायी प्रत्यक्ष लाभान्वित हुने गरेका छन् ।
पछिल्लो समय बढेको उखुको जुसप्रति सर्वसाधारणको आकर्षणले उखुको जुसको कारोबारमा ठूलो सम्भावना देखिन्छ तर परम्परागत रुपमा कारोबार हुँदा यसबाट कृषक र जुस व्यवसायीहरुले प्रसस्त लाभ लिन भने सकिरहेका छैनन् ।
सामान्य ठेलामा उखु पेल्ने मेसिन राखेर जुस बनाएर व्यवसायीहरुले कारोबार गर्ने गरेका छन् । यसबाट व्यवसायीहरुले दैनिक एक हजारदेखि पाँच हजार रुपैँयासम्म आम्दानी गर्ने गरेका छन् ।
जुसको व्यापार बढ्दा यसका व्यापारीहरु समेत बढ्दै गएका छन् । बढ्दो गर्मीसँगै उखुको जुस बेच्ने स्थानमा भिडभाड समेत बढ्न थालेको जुस व्यवसायी बलिष्टर पटेले वताएका छन् । पूर्वका सबै जसो बजारमा पहिलेको तुलनामा उखुको जुसको व्यापार निकै बढेको व्यवसायीहरुको भनाई छ । विशेष गरी जण्डिसको समस्या भएकाहरुका लागि निकै फाइदा कारक मानिएकाले पनि उखुको जुस पिउनेहरु बढ्दै गएका हुन् । हावाहुरीको समय र गर्मी पनि बढेकाले पानीमा संक्रमण हुने र जण्डिस हुने समस्या बढी हुने हुँदा पनि यो समय उखुको जुसको कारोबार बढेको हो ।यसलाई अझ व्यवस्थित र आधुनिक बनाउन सकिएको खण्डमा उखु किसान र जुस व्यवसायीलाई प्रसस्त लाभ हुने संभावना छ । तर व्यवस्थित रुपमा कारोबार नगरी परम्परागत कारोबार हुदा तुलनात्मक रुपमा उखु र जुस व्यवसायीले प्रसस्त फाइदा लिन
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved