इटहरी / इटहरीमा सांसद कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद बिकास समिति सुनसरीको आयोजनामा जेठ १७ देखि २० गतेसम्म इटहरीमा प्रतियोगिता हुने भएको हो । इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि नेपालमानै पहिलो पटक खेल रात्रीकालिन हुने जानकारी दिइएको छ ।
प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन । जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश नं. ३, प्रदेश नं. ४, प्रदेश नं. ५ र आयोजक प्रदेश नं. १ टिम बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको बारेमा जानकारी दिदै जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापाले प्रथम हुने टिमले नगद दुई लाख सहित शिल्ड, दोस्रो टिमले एक लाख नगद शिल्ड र उत्कृष्ट खेलाडीले २४ इन्चको एलइडि टेलिभिजन सेट पाउने जानकारी दिए । यस्तै उत्कृष्ट स्पाइकल, ब्लकर, सेट, डिफेन्डर र सर्बरलाई जनही ५ हजार नगद र ट्रफि पाउने उनले बताए ।
स्वस्थ समाजका लागी खेलकुदको नाराको साथ भलिबल खेल तथा खेलाडीको संरक्षण, प्रबद्र्धन तथा खेलाडीहरु बिच सम्बन्ध बिकास गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष थापाले बताए ।
प्रतियोगिता इटहरी रंगशालाको खेल मेदानमा हुने र खेलको तयारी अन्तिम चरणमा रहेको समेत थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । खेल साझ ५ देखि ८ बजेसम्म संञ्चालन हुने बताउदै थापाले पहिलो पटक रात्रीकालिन भलिबल प्रतियोगिता खेलप्रेमीहरुको लागी नौलो रहने उनको भनाई छ ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषदले संरक्षक गर्ने छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved