बम पड्कभन्नु विप्लवको ठूलो भ्रम: एवं पूर्वप्रधानमन्त्री प्रचण्ड

  • प्रकाशित मितिः बैशाख ८, २०७६
  • 1488 पटक पढिएको
  • समय अनलाइन


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बम पड्काएर जनतामा आतंक सिर्जना गरेर परिवर्तन आउँछ भन्नु विप्लवको ठूलो भ्रम रहेको बताएका छन्।
आइतबार चितवन कैलाशनगर माध्यामिक विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै दाहालले नेक्रविक्रम चन्द्र विप्लवलाई वार्ता, संवादमा आउन आग्रह पनि गरे।
‘एक, दुइटा बम पड्काएर जनतालाई आतंकित पारेर चन्दा उठाएर हिड्ने यो अवस्था होइन,’ उनले भने, ‘घटना घटाएर परिवर्तन हुन्छ भन्नु ठूलो भ्रम हो।’
देशमा कम्युनिष्टलाई जनताले दुईतिहाइ मत दिएको र कम्युनिष्टकै सरकार रहेकोले वार्ता, संवादबाटै जाने सकिने वातावरण भएको दाहालले बताए।
‘यो ०५२ साल होइन। हामी ०७६ सालमा पुगेका छौं। संसारले नेपालको शान्ति प्रक्रियालाई हेरेको छ,’ दाहालले भने, ‘विप्लवलगायत सबैलाई राम्रैसँग चिन्छु। उहाँहरु गलत बाटो हिड्दै हुनुहुन्छ भनेर मैले लगातार भन्दै आएको छु।’
संविधानमै समाजवाद उन्मुख राज्य हुने लेखिसकिएकोले परिवर्तनका लागि बमको आतंक आवश्यक नहुने पनि उनले बताए। सरकारले संविधान कार्यान्वयनका लागि कानून निर्माणका काम गरेको पनि उनले बताए। साथै सोमबारसम्म पार्टी एकताका सम्पूर्ण कामहरु टुंग्याउने उनले दोहोर्‍याएका छन्।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved