शिव सेना नेपालले पूर्वी नेपालका तीन जिल्लामा संयोजक तोकेको छ। सेना नेपालले सुनसरी, मोरङ्ग र झापामा संयोजक तोकेको हो । शिव सेनाले सुनसरीमा सुरज कँडेल, मोरङ्गमा सतिश पोख्रेल र झापामा बद्रि महतलाई भ्रमणको बेलामा सुरक्षा एवं स्वयंसेवकको रुपमा सहयोग गर्दै आएको शिव सेना धार्मिक संगठन हो । शिव सेनाले हिन्दु अधिराज्य, राजसँस्था सहितको अखण्ड नेपालको बिषयमा बोल्दै आएको छ ।
मोरङको लागि संयोजक भएका पोख्रेल यस अघि नेकपाका एक सक्रिय कार्यकर्ता थिए । मोरङ क्षेत्र नं ०६ बाट निर्वाचित भएका मन्त्री लालबाबु पण्डितलाई जिताउन उनले सक्रिय भुमिका निर्वाह गरेका थिए ।
उनी केही समय अघि नेकपाबाट असन्तुष्टि भएर शिव सेनामा प्रवेश गरेका हुन । उनि मात्र हैनन नेकपाका स्थानिय नेताहरुबाट असन्तुष्टि भएर अहिले हजारौ कार्यकर्ताले नेकपा परित्याग गर्ने लर्को नै लागेको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved