नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँ बढ्दै प्रतितोला ५८ हजार आठ सय पुगेको छ । सुन हिजो ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढ्दा आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला सात सय ६५ रुपैयाँमा झरेको छ । हिजो चाँदी प्रतितोला सात सय ७० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved