सुनसरीवासी भन्छन् : बजेटको कार्यन्वयन पक्ष नै ठुलो आधार हो ।

  • प्रकाशित मितिः जेठ १७, २०७५
  • 958 पटक पढिएको
  • Prakash

हरेक बजेट भाषणमा लोकप्रिय घोषणा सुन्ने बानी परेका आम मान्छेलाई कम्युनिस्ट सरकरको बजेटले निराश बनाएकै हो त ?   सरकारको नीति तथा कार्यक्रम, कम्युनिस्ट पार्टीको घोषणापत्र र प्रधानमन्त्रीको समृद्ध नेपाल र सुखी नेपालीको सपना सुनेर अभ्यस्त भइसकेकाहरुले विगतका बजेटको क्रमभंग हुने अपेक्षा राखेका थिए । ठूला ठूला नयाँ परियोजनाको घोषणा हुने अपेक्षा थियो ।

तर यस बर्षको बजेट भित्र ल्याइएका कार्यक्रम कस्ता छन त ? बजेट सार्वजनिक भएपछि सुनसरीका सरोकारवाला व्यक्तिहरुको बजेट प्रति धारणा यस्तो छ ।

टंक दुलाल

नेपालको इतिहासमा बहुमतिय सरकारले ल्याएको बजेट सन्तोष जनक छैन । १ नंम्बर प्रदेशको हकमा भने बाटो, हाईड्रो पावर र पर्यटनको क्षेत्रमा समेटिएको बिषय बस्तु प्रति केही सन्तोक मान्नै पर्छ । यधपी बजेट आउछ तर कार्यन्वयन गर्ने कुरामा सरकार गम्भीर नभएको महसुस सदैव गरेको छु ।

राजिब कोइराला

बजेट मिश्रित छ । बिशेष बजेट आउने जुन जनताको अपेक्षा थियो त्यो नयाँ केही छैन । पुरानै बजेट केरमेट गरेर ल्याइएको छ । बेरोजगार अन्त्यको कुरा बजेटमा जुन रुपमा आएको छ त्यो पर्ख र हेरको स्थतिमा छ मेरो लागि ।

शैलेश बिष्ट

मध्यम स्तरको बजेट आयो । व्यवसायका कुरा समेट्न खोजेको देखियो । साना कृषकहरुका रिण छुट, करको दायरा फराकिलो बनाउने लगायतका कुराबाट केही भरोसा बजेट प्रति देखिएको छ । तर कार्यन्वयन ठुलो सवाल हो ।

रेवती घिमिरे

मुलुकको संघिय लोकतान्त्रिक मार्फत बहुमत मार्फत बनेको सरकारले ल्याएको बजेटले धेरै सकरात्मक कुरा समेट्न खोजेको देख्न सकिन्छ । देशको ठुलो समस्याको रुपमा रहेको बेरोजगारको समस्या हलको लागि बनेको कार्यक्रम सबै भन्दा ठुलो सकरात्मक पक्ष हो । मुलुकको समृद्धि र बिकासका लागि निश्चित ठोस आधारका साथ ल्याएको कार्यक्रम जस्तै हाईड्रो पावरको कुरा, पर्यटन आदीका कुरा समेटेको प्रति राम्रो ठानेको छु । उच्च शिक्षाको लागि सर्टिपिकेट धितो राखेर रिण निकाल्ने व्यवस्था अत्यन्त सकरात्मक हो । बैदेशिक रोजगार जाने युवालाई स्वदेशमा आत्मनिर्भर बनाउन बिना धितो लगानी प्रदान गर्ने योजना बिशेष छ ।

मणिराज गुरुङ

बजेट सार्वजनिक हुन्छ । योजना बन्छ लगानी आउछ भन्छन तर देखिने हैन । देशको बजेटले गरिबको स्तर कहिले उकास्न सकेन, आर्थिक बृद्धिदर प्रत्येक बर्ष निराशा जनक छ । एउटा गरिब जो रोजी गरेर परिवार पाल्छ त्यसको दिन बदलिएको समय बजेटको महत्व हुनेछ मेरो लागि ।

बिर बहादुर लिम्बु

आर्थिक बर्षको लागि आएको बजेटले एक सय ठाँउमा ५ अर्ब रुपयौको पर्यटनको लागि खर्च गर्ने योजना प्रति अत्यन्त खुशी छु । देशको सम्भावना र आयस्रोतको लागि पर्यटन अबको बाटो भएकाले सरकारले यस क्षेत्रमा छुट्याएको बजेटले राम्रो प्रतिफल पाउने बिश्वास लिएको छु ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved