धनकुटामामुख्यमन्त्रीकोसम्पर्क

  • प्रकाशित मितिः वैशाख १७, २०७६
  • 1629 पटक पढिएको
  • समय अनलाइन

  प्रदेश १ को स्थायी राजधानी र बृहत विराट क्षेत्रमा समेटिन नसकेको धनुकटा जिल्लाले मुख्य मन्त्रिको सम्पर्क कार्यालय र यातायात कार्यलय पाउने भएको छ ।
मंगलबार विराटनगरमा बसेको प्रदेश १ को मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्रिको सम्पर्क कार्यालय र यातायात कार्यालय धनकुटामा खोल्ने निर्णय गरेको हो । क्षेत्रीय प्रसासकको कार्यालयको रुपमा रहेको कार्यालयलाई नै सम्पर्क कार्यालयको रुपमा स्थापना गरिने आन्तरीक मामिल तथा कानुन मन्त्रि हिक्मत कार्कीले बैठक पछि जानकारी दिए । तेह्रथुम, धनकुटा र संखुवासभा हेर्ने गरी उक्त जिल्लामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरेको मन्त्रि कार्कीले जानकारी दिए ।
चैत्रसम्म म्याद रहेको कानुन मस्यौदा समितिको म्याद थप गर्ने निर्णय भएको प्रदेश १ सरकारका प्रवक्ता समेत रहेका मन्त्रि कार्कीले जानकारी दिए ।
पदस्थापन भएर आउने ८ तहसम्मका कर्मचारीहरुलाई सम्बन्धित मन्त्रालयले व्यवस्थापन गर्ने र त्यो भन्दा माथिकालाई मुख्य मन्त्रि कार्यालयले व्यवस्थापन गर्ने गरी कर्मचारी पदस्थापन तथा सरुवा सम्बन्धि कार्यविधि २०७६ लाई स्विकृत गरिएको छ ।
योजना आयोगको गठन आदेश संसोधन गरि मुख्य न्यायधिवक्ता, प्रमुख सचिव र सबै मन्त्रालयका सचिवहरु रहने व्यवस्था गरिएको मन्त्री कार्कीले जानकारी दिए । त्यसैगरी प्रदेश जाँचबुझ आयोग गठन गर्ने कानुन निर्माणको लागी कानुन मन्त्रालयलाई सैद्धाान्तिक स्विकृति प्रदान गरिएको छ ।
समानिकरण अनुदान अन्तरगत स्थानिय तहलाई प्रदन गर्दै आएको ५० करोडलाई बढाएर १ अर्ब पु¥याएको छ । सवारी साधनको कर संकलनको अनुमानित लक्ष्य पुरा हुने भएकोले त्यसको लक्ष्य निधारण गरिएको उनले जानकारी दिए । इन्जिनियर छनौट सम्बन्धि भौतिक पुर्वाधार मन्त्रालयको कार्यविधिलाई स्विकृति प्रदान गरिएको छ ।
साफ महिला फुटबलका विजयी महिला प्रतियोगीहरुलाई पुरस्कार प्रदन गर्ने लगायत खेलकुद सम्बन्धि बजेटको व्यवस्था अनुसारको काम गर्न सामाजिक विकास मन्त्रालयलाई स्किृति प्रदान गरेको छ । उद्योग, वन, पर्यटन मन्त्रालयबाट यो आर्थिक वर्षमा प्रदान गरिने अनुदान कार्यविधिलाई स्विकृति प्रदान गरिएको छ । चैतेधान विषेश सहयोग कार्यक्रम कार्यविधि २०७५ लाई पनि मन्त्रि परिषदले स्वीकृति प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2026 - Samayaonline.com All rights reserved