सन्त श्रीनिवासाचार्यले नेपाल हिन्दु राष्ट्र कायम गराउन आन्दोलन गर्ने बताएका छन्

  • प्रकाशित मितिः बैशाख १९, २०७६
  • 1746 पटक पढिएको
  • समय अनलाइन

 

बुधबार इटहरीमा पत्रकार सम्मेलन गर्दै धर्मनिरपेक्ष राष्ट्र हुदा शान्ति, अमनचयन नभएको धारणा राख्दै हिन्दु राष्ट्र नेपाल हुदा मात्र शान्ति स्थापना हुने बताए । ‘नेपाल हिन्दु राष्ट्र घोषणा नभए हामी देशैभरीबाट आन्दोलनको तयारीमा जुट्नेछौ,’पत्रकार सम्मेलन गर्दै उनले भने,‘अहिले धर्मनिरपेक्ष राज्य हुँदा अमनचयन छैन, हिन्दु राष्ट्र भएपछि सुख, शान्ति, समृद्धि र अमनचयन हुन्छ ।’ उनले अहिले नेपालीको उर्जामाथिको दुरुपयोग रहेको तर्क गर्दै धर्मनिरपेक्षता मानिसको दिलमै नरहेको बताए । ‘पूर्व राजा भएजस्तै नेपालीलाई पनि पूर्व नेपाली बनाउन वेर छैन,’उनले भने,‘देशमा हिन्दु राष्ट्र नभए भयावहको स्थिति आउन सक्छ ।’ धर्मनिरपेक्षताको आडमा धर्म परिवर्तन र संस्कृति लोप भईराखेको पनि उनले बताए ।

सनातन युवा मञ्चको आयोजनामा आगामी जेष्ठ ६ गते इटहरीमा बृहत धर्मसभा गर्न लागेको बताउँदै उनले धार्मिक संघर्ष समितिसँग सहकार्य गरी सरकारलाई दबाब दिने समेत बताए । ‘हामी हिन्दु राष्ट्र हुनुपर्छ भनेर आन्दोलन गर्ने तयारीमा छौँ, धर्मनिरपेक्षताको नाममा भईरहेका विकृतिहरु नहटेसम्म हामी आन्दोलन गछौं,’उनले भने । धार्मिक जनसम्पर्कका कुरामा आँफूहरु समन्वय गरेर देशैभरीबाट आन्दोलन गर्ने तयारीमा रहेको उनले खुलाए । हिन्दु धर्मको लोप हुँदै गएकाले यसको जगेर्ना गर्नका निम्ति सबै लागि पर्नुपर्नेमा उनको जोड थियो । हिन्दु राष्ट्रको पुर्नस्थापनाको माग गर्दै देशैभरी तथा विदेशका समेत धर्मगुरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गर्ने युवा सनातन मञ्चका अध्यक्ष नवीन थापाले बताए । जेष्ठ ६ गतेको बृहत धर्मशभामा केन्द्रीय स्तरका नेताहरु समेत आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved