कविर माध्यमिक विद्यालयका इलाका कक्षा कोठामा अध्ययनमाप्रहरी

  • प्रकाशित मितिः बैशाख २०, २०७६
  • 1274 पटक पढिएको
  • समय अनलाइन

कक्षा कोठामा अध्ययनमा व्यस्त रहने इटहरी स्थित कविर माध्यमिक विद्यालयका विद्यार्थीहरु इलाका प्रहरी कार्यालय पुग्यो ।
यसो हेर्दा विद्यार्थीहरु हुलै बाँधेर प्रहरी कार्यालयमा पुग्दा देख्नेहरुले विद्यार्थीले के उपद्रो गरेछन् भन्ने सोचे होलान् । तर कुरा त्यस्तो थिएन । उनीहरु उपद्रो गरेर होइन, राम्रो कामको अभियान अन्तर्गत प्रहरी कार्यालय पुगेका हुन् । प्रहरीको सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको अभियान अन्तरगत विद्यार्थीहरु प्रहरी कार्यालय पुगेका हुन् । प्रहरीको काम, कर्तव्य र जिम्मेवारीको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनका लागी कबिर माध्यामिक विद्यालयका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय इटहरीमा अवलोकनका लागी लगिएको हो । सो अवसरमा नागरिकलाई कसरी सहजताका साथ प्रहरीबाट सेवा दिने र नागरिक मैत्री बनाउने भन्ने सम्बन्धमा विद्यार्थीहरुलाई जानकारी गराइयो ।
उनीहरुलाई प्रहरी कार्यालयमा प्रवेश गर्नेदेखि प्रहरीलाई कसरी सम्पर्क गर्ने भन्ने सम्बन्धमा जानकारी गराइयो । साथै प्रहरी सहायता कक्ष, प्रहरी कन्ट्रोल रुम, महिला तथा बालबालिका सेवा कक्ष, हिरासत कक्ष लगायतको अवलोकन गराउनुका साथै अपराध नियन्त्रण तथा रोकथाम न्युनिकरण लगायतका बिषयमा जानकारी गराइयो ।
विद्यार्थीहरुले समेत यसरी प्रहरीसँग नजिक भएर प्रहरीबाट सेवा लिने तरिकाको विषयमा जानकारी पाउँदा आफुहरुलाई खुशी लागेको बताएका छन् । कक्षा दशमा अध्यनरत सुरज शिवाले प्रहरीले सहयोगी र साथीको व्यवहार गर्दा खुुसी लागेको बताए । यस्तै कबिर माध्यमिक विद्यालयका प्रध्यानाध्यापक मिनु न्यौपानेले प्रहरीको यो अभियान निकै प्रभावकारी रहेकाले यस्तो अभियान देशभर सञ्चालन गर्नुपर्ने बताइन् । यसैगरि इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख समीरचन्द्र खरेलले बालबालीका र प्रहरीबीच अन्तरघुलन र विश्वासको बतावरण सृजना गर्न आफु लागिरहेको बताए । ‘भात खाइनस् भने पुलिस बोलाइदिन्छु भन्नुको साटो बाबुआमाले छोराछोरीलाई हप्काए भने म पुलिसलाई खबर गर्छु भनेर बच्चाले भन्ने वातावरण बनाउन आवश्यक रहेको छ’ खरेलले भने ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved