राजधानी बनाउने प्रस्ताव पारित, ६ सांसद अनुपस्थित

  • प्रकाशित मितिः बैशाख २६, २०७६
  • 965 पटक पढिएको
  • समय अनलाइन

  मोरङको औद्योगिक नगरी विराटनगरलाई सर्वसम्मतरुपमा प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ । सोमबार बसेको प्रदेशसभा बैठकले विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो ।

स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको

प्रदेश सभाको सोमबारको बैठकमा ६ जना सांसदहरु भने अनुपस्थित थिए ।

प्रदेश १ मा कुकल ९२ जना प्रदेशसभा सदस्यहरु छन् । तीमध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित भएको प्रदेश सभाले जानकारी दिएको छ ।

विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो ।

प्रदेशको स्थायी राजधानी पारित भए पनि प्रदेशको नाम भने तय भएको छैन । नाम तय नगरी सोमबारदेखि प्रदेश अधिवेशन अन्त्य भएको छ ।

प्रदेशको राजधानी धनकुटा वा धरान हुनुपर्ने भन्दै नेकपा र कांग्रेसका केही सांसदहरुले माग गर्दै आएका थिए । अन्ततः उनीहरु पनि विराटनगरलाई राजधानी मान्ने प्रस्तावमा सहमत भएका छन् ।

यता विराटगरबासीहरुले विराटनगरमै सबै प्रशासनिक संरचनाहरु राख्नुपर्ने माग गर्दै सोमबार विराटनगर बन्दको समेत घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समय नेटवर्क मिडिया प्रा.लि. इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

फोन नं.: ९८४२५५३५५५, ०२५–५८७३८४

मोबाइल नं.: 9842553555

सूचना विभाग दर्ता नं.: 1366/75-76

प्रेस काउन्सिल दर्ता नं.: 663/2075-076

इमेल: [email protected] / [email protected] / [email protected]


समय नेटवर्क मिडिया प्रा.लि द्वारा संचालित टिमहरु

अध्यक्ष

नारण प्रसाद तिवारी (सानु)

प्रबन्ध निर्देशक

जीवन फुयाल

प्रधान सम्पादक

हेमराज दाहाल

सम्पादक

निशा निरौला

कार्यकारी सम्पादक

हेमन्त खड्का

फोटो पत्रकार

नविन बस्नेत

बाजार व्यवस्थापक

सागर भट्टराई

उर्लावारी संवाददाता

किरण निरौला

बेलबारी संवाददाता

हिमांशु राय

धनकुटा संवाददाता

नगेन्द्र फुयाल

डेस्क रिपोटर

रमेश लुइटेल(अवि)

लेखक

विरेन्द्र कार्की

सल्लहकार

सन्देश श्रेष्ठ, आकाशहाङ लिम्बु, बलराम आचार्य, रियन्द्र गुरागाई, विकास भट्टराई, तेजबहादुर पुरी, डा. राजेन्द्र पोखरेल, देशबन्धु कार्की

कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९

Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved