धनकुटाकी बन्दना नेपाललाई गिनिज बुक अफ वल्र्ड रेकर्डसले विश्व किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ । लगातार १ सय २६ घण्टा नृत्य गरेर विश्व किर्तिमान राखेकी बन्दनालाई राजधानीमा एक कार्यक्रमका वीच प्रमाणपत्र प्रदान गरिएको हो ।कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रमाणपत्र हस्तान्तरण गरे । यसअधि लगातार १ सय २३ घण्टा नृत्य गर्ने कलाकारको नाममा रहेको विश्व किर्तिमान अव बन्दनाको नाममा आएको कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संस्कृति, परम्परालाई विश्वसामु चिनाएकोमा बन्दनालाई धन्यवाद ज्ञापन गर्दै गाउँ–गाउँमा रहेका प्रतिभालाई सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको संस्कृति, परम्परालाई विश्वसामु चिनाएकोमा बन्दनालाई धन्यवाद ज्ञापन गर्दै गाउँ–गाउँमा रहेका प्रतिभालाई सरकारले प्रोत्साहन गर्ने प्रतिवद्धता यता, बन्दनाले सानै उमेरमा विश्व किर्तिमान राखेर नेपालको गौरब बढाउँने काम गरेको भन्दै नेकपाका अध्यक्ष दाहालले खुशी व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
कम्पनी दर्ता प्रमाणपत्र नं.: २०५७२३/७५/७६ / स्थायी लेखा नं.: ६०६५२१६७९
Copyright © 2017 / 2024 - Samayaonline.com All rights reserved